SEE Result 2082

नेपाल विद्याभूषण तथा नेपाल छात्रा विद्यापदकका लागि सिफारिस हुनु भएका महानुभावहरु

नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय

उच्च शिक्षा शाखाको नेपाल विद्याभूषण तथा नेपाल छात्रा विद्यापदक सम्बन्धी अत्यन्त जरुरी सूचना
२०७६ साल भाद्र २२ गते (तदनुसार सेप्टेम्बर ८, २०१९) का दिन राष्ट्रिय शिक्षा दिवसको अवसरमा प्रदान हुने “नेपाल विद्याभूषण" तथा "नेपाल छात्रा विद्यापदक" का लागि सिफारिस हुनु भएका तपसिलका महानुभावहरुले देहायको मिति, स्थान र समयमा स्वयं उपस्थित भई सम्पर्क गर्नुहुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । विस्तृत विवरणका लागि यस मन्त्रालयको वेब पेज www.moe.gov.np मा समेत हेर्न सकिने छ र उल्लेखित नामावलीमा कसैको नाम र विवरणमा फरक देखिएमा मिति २०७६।०५।१० गतेसम्म कार्यालय समय भित्र सम्पर्क गर्न वा फोन नं. ४२००३६२ मा जानकारी गराउनु हुन अनुरोध छ । 

सम्पर्कका लागि मिति, स्थान र समय: 

क श्रेणीको नेपाल विद्याभूषणका लागि :

  1. मिति: २०७६।०५।१९ गते 
  2. स्थान: शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, सिंहदरवार । 
  3. समयः विहान ११.०० बजे देखि दिनको ३.०० बजे सम्म । 

ख र ग श्रेणीको नेपाल विद्याभूषण तथा नेपाल छात्रा विद्यापदकका लागिः

  1. मिति: २०७६।०५।२०  गते 
  2. स्थानः शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, सिंहदरवार
  3. समयः विहान ११.०० बजे देखि दिनको ३.०० बजे सम्म । 
+2 School
Counseling
Bachelors Portal