SEE Result 2082

शिक्षा मन्त्रालय र सीसीएमसीलाई परीक्षा स्थगित गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस

शिक्षा शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालय र कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) लाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी परीक्षाहरू स्थगित गर्न सिफारिस गरेको छ।

मन्त्रालयले कोरोना संक्रमण दर बढ्न थालेपछि सबै परीक्षाहरू सार्न स्गगित गर्न सिफारिस गरेको हो। स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले कोभिड–१९ संक्रमण फैलिँदै गएको भन्दै शुक्रबार उक्त परीक्षा सार्न सिफारिस गरेको जनाएका छन्। हाल करिब चार लाख विद्यार्थी परीक्षाको पर्खाइमा छन्।

स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले ट्विटरमार्फत् जानकारी गराउँदै लेखेका छन्, ‘चार लाख विद्यार्थीको जीवनरक्षाप्रति हामी अत्यन्त संवेदनशील छौँ, निकट भविष्यमा हुन लागेका सबै परीक्षा स्थगन गर्न शिक्षा मन्त्रालय र कोभिड– १९ संकट व्यवस्थापन केन्द्रलाई सिफारिस गरेको जानकारी गराउँदछु।’

कक्षा १२ को परीक्षा साउन ३१ गतेबाट सुरु हुने तालिका छ। यस्तै स्‍नातक तहका विद्यार्थीहरू पनि परीक्षाको पर्खाइमा छन्।

शिक्षा मन्त्रालयका सचिव नै सीसीएमसीको बैठकमा सहभागी हुनुभएको हुँदो भोलि बस्ने बोर्डको बैठकमा परीक्षाका विषयमा टुंगो लाग्ने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले जानकारी दिए । ‘शिक्षा सचिवको निर्देश्न र बोर्डको भोलिको बैठकमा छलफल गरेपछि मात्र परीक्षाका विषयमा टुङ्गो लाग्ने छ ।’ उनले भने, ‘सीसीएमसीको सुझाव तथा सर्त र शिक्षा मन्त्रालयको निर्णय अनुसार भोलि निर्णय हुनेछ । 

शिक्षा मन्त्रालयका उच्च पदाधिकारीले भोलीको बैठकले. परीक्षा स्थागित गर्ने कि नगर्ने भन्ने निर्णय गर्ने जानकारी दिए । उनले परीक्ष स्थगित हुने प्रवल सम्भावना रहेको बताए ।

+2 School
Counseling
Bachelors Portal