SEE Result 2082

प्रधानाध्यापकको सक्षमता प्रारुपका लागि सुझाव माग (प्रारुप सहित)

प्रधानाध्यापकको सक्षमता प्रारुप, २०८० मा सुझाव भए एक हप्ताभित्र शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा पठाउने केन्द्रले सूचना जारी गरेको छ ।

विद्यालय शिक्षालाई थप गुणस्तरीय बनाउनका लागि केन्द्रले मस्यौदा तयार गरेको हुँदा उक्त मस्यौदामा सुझाव भए पठाउन निर्देशन दिएको हो ।

केन्द्रले तयार गरेको प्रारूपलाई विभिन्न सात क्षेत्र रहेका छन् । हरेक क्षेत्रमा सक्षमताका मापदण्ड तयार गरिएको छ । ती मापदण्डअन्तर्गत प्रधानाध्यापकप्रअको पेसागत विकासको अवस्था र स्तर मापन गर्न सकिने गरी सूचक समेत विकास गरिएका छन् ।

प्रारूपमा विद्यालयको रणनीतिक दिशा निर्माण, शिक्षण तथा सिकाइको नेतृत्व, विद्यालय व्यवस्थापन, पेसागत विकास, सरोकारवालासँगको संलग्नता र सहकार्य, परिवर्तन तथा नवप्रवर्तनको नेतृत्व र सफलतापूर्वक कार्य सम्पादन गर्न आवश्यक वैयक्तिक गुणका साथै सामाजिक र अन्तरवैयक्तिक सिपजस्ता क्षेत्र समावेश गरिएका छ । यी सात क्षेत्रमा कुल ४६ सूचक समावेश गरिएका छन् ।

सक्षमतालाई प्रस्तुत गर्दा सम्बन्धित क्षेत्रको ज्ञान र बुझाइ तथा मान्यता र सिपको समग्रतामा हेर्न खोजिएको केन्द्रले जानकारी दियो । सक्षमता स्थिर रहने विषय नभई पेसागत विकाससँगै परिष्करण हुन्छ भन्ने मान्यतालाई अङ्गीकार गरिएको छ । यसअनुसार प्रअको जिम्मेवारी भर्खर लिएका नवप्रवेशी प्रअले अनुभव, अध्ययन र प्रयत्नमार्फत आफूमा सो सक्षमतामा निखार ल्याउँदै उन्नत अवस्थामा पुग्न र समग्रमा पेसागत उन्नयनमा योगदान दिन सक्छन् भन्ने मान्यताले यस प्रारूपको विकास गरिएको जनाएको छ ।

यस्तो छ प्रधानाध्यापकको सक्षमता प्रारुप, २०८०

+2 School
Counseling
Bachelors Portal