SEE Result 2082

शिक्षण सिकाइ सहयोग अनुदानका लागि प्रस्ताव माग

शिक्षा विकास निर्देशनालय बागमती प्रदेश हेटौंडाले शून्य दरबन्दीमा सञ्चालन भएका सामुदायिक माध्यमिक विद्यालयहरूलाई शिक्षण सिकाइ सहयोग अनुदानका लागि प्रस्ताव माग गरेको छ ।

सङ्घ, प्रदेश र स्थानीय तहबाट कुनैपनि दरबन्दी, राहत, अनुदान कोटा नपाई शून्य दरबन्दीमा सञ्चालन भएका विद्यालयहरूसंग प्रस्ताव माग गरेको हो ।

निर्देशनालयको आ.व. २०७९–८० को स्वीकृत वार्षिक कार्यक्रम अनुसार सिकाइ सहयोग अनुदान उपलब्ध गराउने कार्यक्रम भएको हुँदा शिक्षण सिकाइ सहयोग अनुदान वितरण मापदण्ड २०७८ को दफा २ बमोजिमका सर्त पूरा गरेका विद्यालयहरूले १५ दिनभित्र आवेदन दिइ सक्नु पर्ने सूचनामा उल्लेख छ ।

मापदण्ड २०७८ को अनुसूची १ को ढाँचामा प्रस्ताव तयार गरी निर्देशनालयमा पठाउनु पर्ने छ ।

सोही निर्देशनालयले कृषि तथा पशु विज्ञान विषय सञ्चालन भएका सामुदायिक माध्यमिक विद्यालयहरूलाई  पूँजीगत अनुदानका लागि प्रस्तव माग गरेको छ ।निदेशनालयले  १५ दिनभित्र प्रस्ताव तयार गरी निर्देशनालयमा पठाउनु पर्ने बताएको छ । 

त्यस्तै निर्देशनालयले सामुदायिक विद्यालयहरूले विपद् व्यवस्थापनका लागि प्रस्ताव माग गरेको छ ।  प्रदेश भित्रका सामुदायिक विद्यालयहरूमा क्षतिको रोकथाम गरी विपद् व्यवस्थापन गर्नका लागि केही सामुदायिक विद्यालयहरूलाई अनुदान वितरण गर्ने कार्यक्रम  कार्यान्वयनका लागि प्रस्ताव माग गरेको हो ।

प्रदेश भित्रका शिक्षण संस्थाहरूले  १५ दिनभित्र विपद् व्यवस्थापन सम्बन्धी प्रस्ताव सहित  शिक्षा विकास निर्देशनालय बागमती प्रदेशमा निवेदन पेस गर्नुपर्ने छ ।

+2 School
Counseling
Bachelors Portal