SEE Result 2082

सङ्घीय शिक्षा ऐन छिटो भन्दा छिटो ल्याउन आग्रह

 नेपाल शिक्षक महासंघले आज शिक्षा, विज्ञान तथा प्रविध मन्त्री सुमना श्रेष्ठसंग भेट गरी सङ्घीय शिक्षा ऐन छिटो भन्दा छिटो ल्याउन आग्रह गरेको छ ।

महासघका अध्यक्ष, महासचिव र घटक संगठनहरूका प्रतिनिधि सहितको टालीले भेटेर सङ्घीय शिक्षा ऐन छिटो ल्याउन आग्रह गरेको हो ।

महासघले यस भन्दा अगाडी सरकारसंग भएका सम्झौता अनुसार सम्बोधन हुनेगरी शिक्षा ऐन ल्याउनका लागि पहल गर्न शिक्षा मन्त्रीलाई आग्रह गरेको महासचिव लक्ष्मी किशोर सुवेदीले बताए । साथै विभिन्न समयमा भएका सम्झौताको छायाँ कपी समेत शिक्षा मन्त्रीलाई हस्तान्तरण गरेको जनाएका छन् ।

करिब २० मिनेटको समयमा मन्त्री श्रेष्ठले नेपाल शिक्षक महासघको कुरा सनेपछि दोहोरो संवाद नगरी विदा गरेकी थिइन ।

यस अघि मन्त्री श्रेण्ठले  आजै शिक्षा क्षेत्रमा कार्यरत पत्रकारसंग अन्तरक्रिया गरेकी थिइन् ।

सो भेटमा पत्रकारले मन्त्री श्रेष्ठलाई शिक्षक दलको सदस्य हुन नहुने, विदेशी सम्बन्धनमा चलेका कलेजलाई नियमन गर्न कानुन बनाउनु पर्ने, निशुल्क तथा अनिर्वाय शिक्षा लागु गर्न शिक्षकलाई सम्मानजनक पारिश्रमिक दिँदै एकै थरीका शिक्षक बनाउनु पर्ने सुझाव दिएका थिए । दोहोरो संवाद नगरी पत्रकारलाई पनि  विदा गरेकी थिइन ।

+2 School
Counseling
Bachelors Portal