SEE Result 2082

विश्वद्यिालयको स्वयत्तता र स्वतन्त्रता आत्मसाथ गर्न आग्रह

काठमाडौं विश्वविद्यालय स्कुल अफ एजुकेशनले सम्पूर्ण कार्यक्रमहरु विषय, समिति, विद्यापरिषद् हुँदै प्राज्ञिक परिषद्ले स्वीकृत गरेर मात्रै सञ्चालनमा आएको जनाएको छ । संचालनमा आएका र भविष्यमा आउने कार्यक्रमको मोड अफ डेलिभरी विषय समितिले गरेको सिफारि बमोजिम विद्यापरिषद् हुँदै प्राज्ञिक परिषद्को स्वीकृत गर्ने प्रक्रिया रहेको र त्यसै अनुरुप सञ्चालनमा आएको जनाएको हो ।

स्कुल अफ एजुकेशनले प्रस नोट जारी गर्दै सञ्चालन गरेका केही कार्यक्रमहरुको संचालन प्रक्रियाबारेमा जानकारी दिएको छ । साथै बहुविश्वविद्यालयको अहिलेको सन्दर्भमा कुनै एउटा निश्चित विश्वविद्यालय सबै कुराको प्रधिकार हुन नसक्ने तथा विश्वविद्यालयहरुले आ-आफ्नो प्रकारको नव प्रवर्तन गर्न सक्ने विश्वव्यापी मान्यता अनुरुप कार्यक्रमहरु सञ्चालन भइरहेको जनाएको छ ।

काठमाडौं विश्वविद्यालय स्कुल अफ एजुकेशनका कार्यक्रमहरु शिक्षा क्षेत्रमा काम गर्ने अभ्यासकर्ताहरुको पूँजीको रुपमा विकास हुँदै गएको जानकारी दिँदै व्यच्लर्स, पिजिडी, मास्टर, एमफिल तथा पिएचडी तहका कार्यक्रमहरु स्वदेश तथा विदेशका निजी, सरकारी तथा सार्वजनिक क्षेत्रमा काम गर्ने सबै शिक्षाकर्मीहरुको लागि सार्वभौम हिसाबले खुला रहेको छ प्रेस नोटमा भनिएको छ ।

स्कुल अफ एजुकेशनले पिजिडी, एमएड र एमफिलका कार्यक्रमहरुको हकमा ब्लेन्डेड लर्निङको स्विीकृति अनुरुप नै संचालन हुँदै आएको प्रष्ट पार्दै सबै क्षेत्रका जिम्मेवार व्यक्तिहरुले विश्वद्यिालयहरुको स्वयत्तता र स्वतन्त्रता जस्ता विश्वव्यपि रुपमा स्थापित मान्यतालाई आत्मसाथ गर्न सबैलाई आग्रह गरको छ ।

+2 School
Counseling
Bachelors Portal