SEE Result 2082

पोखरा विश्वविद्यालयमा ‘रिसर्च टक’

पोखरा विश्वविद्यालय अनुसन्धान केन्द्रले पोखरा विश्वविद्यालय स्वास्थ्य विज्ञान सङ्काय र स्कूल अफ हेल्थ एण्ड एलाइड साइन्सेजसंगको सहकार्यमा‘ ‘रिसर्च टक’ कार्यक्रम सुरु गरेको छ ।

विश्वविद्यालयको अनुसन्धान गतिविधिलाई अधिकतम व्यावहारिक र उपयोगी तुल्याउँदै गुणस्तरीय शिक्षाका लागि पोखरा विश्वविद्यालय अनुसन्धान केन्द्रले रिसर्च टक कार्यक्रम थालेको हो । हरेक महिना विभिन्न शीर्षकमा ‘रिसर्च टक’ कार्यक्रमलाई निरन्तरता दिइने विश्वविद्यलायले जनाएको छ ।

कार्यक्रमको शुभारम्भका अवसरमा विश्वविद्यलायका उपकुलपति प्राडा प्रेमनारायण अर्यालले विश्वविद्यालयमा अनुसन्धान गतिविधि सँगसँगै पठनपाठन नहुँदासम्म शिक्षाको गुणस्तरीयता नहुने बताए । उनले देशको योजनाबद्ध विकासका लागि जनशक्ति तयार गर्न यो कार्यक्रम सुरु गरिएको जानकारी दिए ।

पोखरा विश्वविद्यालयलाई अग्रणी विश्वविद्यालयका रूपमा स्थापित गर्न अनुसन्धान तथा नवीनतम् सोच आवश्यक रहेको बताउँदै उनले प्राध्यापक अनुसन्धानतर्फ लाग्नुपर्ने र विश्वविद्यालयले आवश्यक साधन, स्रोत तथा सहयोग जुटाउने प्रतिबद्धता व्यक्त गरे ।

ट्रान्सप्लान्ट सर्जरी, क्यालिफोर्निया विश्वविद्यालय, सान फ्रान्सिस्को अमेरिकाको शल्यक्रिया विभागका सहप्राध्यापक डा तारा सिग्देलले ‘रिसर्च एण्ड इनोभेशन इन हाइअर एजुकेशन–एन इलुसिभ बट क्रिटिकल कम्पोनेन्ट ईन पोष्ट कोभिड इरा’ शीर्षकमा प्रस्तुतीकरण गरेका थिए ।

फोटोः पोखरा विश्वविद्यालय 

उनले बायोइन्फरमेटिक्स, बायोमार्कर डिसकभरी, हाई थ्रोपुट डाटा, इमुनोलोजी, किड्नी ट्रान्सप्लान्टेशन, लिभर क्यान्सर, अर्गान ट्रान्सप्लान्टेशन, प्रोटियोमिक्सका बारेमा आफ्ना भनाइ राखेका थिए ।

कार्यक्रममा रजिष्ट्रार डा दीपकबहादुर भण्डारीलगायत विभिन्न सङ्कायका डीन तथा स्वास्थ्य विज्ञान सङ्काय र स्कूल अफ हेल्थ एण्ड एलाइड साइन्सेजका प्राध्यापक, पदाधिकारीको उपस्थिति थियो ।

+2 School
Counseling
Bachelors Portal