SEE Result 2082

प्रतिष्ठानका पदाधिकारीद्वारा पदबाट राजीनामा

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका तीन जना पदाधिकारीले पदबाट राजीनामा दिएका छन्। प्रतिष्ठानका रेक्टार डा वसन्त लामिछाने, रजिष्ट्रार प्रकाश थापा र डेप्यूटी रजिष्ट्रार झंकार लामिछानेले राजीनामा दिएका छन्।

स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार रेक्टार डा लामिछानेले असोज १८ गतेदेखि लागू हुने गरी, रजिष्ट्रार थापाले आज बुधबारदेखि लागू हुने गरी र डेप्यूटी रजिष्ट्रार लामिछानेले असोज २५ गतेबाट लागू हुने गरी राजीनामा बुझाएका हुन्।

राष्ट्रिय सतर्कता केन्द्रले पदाधिकारी नियुक्ति नै कानुन मिचेर गरिएको भन्दै कारबाहीका लागि अख्तियारदुरुपयोग अनुसन्धान आयोगमा फाइल पठाएपछि उनीहरुले कारबाही छल्न पदबाट राजीनामा दिएको मन्त्रालयका उच्च अधिकारीले बताए ।

सतर्कताका एसपी गणेशकुमार श्रेष्ठ, डिएसपी बुद्धिराम खनाल र लेखापाल नवराज सुवेदीको छानबिन समितिले छानबिनका क्रममा प्रतिष्ठान ऐन, नियमावली विपरित नियुक्त गरिएको तथ्य फेला पारेको थियो ।

त्यसपछि सतर्कताले उनीहरुसहित नियुक्तिका लागि सिफारिस गर्नेलाई पनि कानुनअनुसार कारबाही गर्ने सुझाव सहितको फाइल अख्तियारमा पठाएको थियो। अख्तियारमा पठाएको फाइलमा ती पदाधिकारीले हालसम्म खाइपाई आएको तलबभत्ता र सुविधा असुल उपर गर्न माग दाबी गरेको आयोगले जानकारी दियो ।

रेक्टार डा लामिछाने र रजिष्ट्रार थापा २०७८ असार २२ असार गते नियुक्त भएका थिए। झंकार लामिछानेलाई प्रतिष्ठानको कार्यकारी परिषदबाट स्वीकृत एवं दर्ता नगरी डेप्यूटी रजिष्ट्रार भन्ने पद बनाएर नियुक्ति दिइएको थियो।

+2 School
Counseling
Bachelors Portal