SEE Result 2082

निमाविको आन्तरिक प्रतियोगितात्मक लिखित परीक्षाको नतिजा सार्वजनिक (नतिजासहित)

शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह, प्रथम श्रेणी शिक्षक पदको २०७८चैत्र २१ गते लिएको आन्तरिक प्रतियोगितात्मक लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगको जेठ २७ गतेको निर्णय अनुसार नतिजा प्रकाशन गरेको हो ।

आयोगले आज नतिजा सार्वजनिक गर्दै । वस्तुगत उत्तरपुस्तिकामा प्रश्नपत्रको सेट उल्लेख नगरेका वा दुई वा दुईभन्दा बढी सेटमा सङ्केत गरेका उम्मेदवारहरूको उत्तरपुस्तिका रद्द गरिएको जानकारी दिएको छ ।

वस्तुगत उत्तरपुस्तिकाको रोल नम्बर सङ्केत गर्ने गोलो घेरामा आफ्नो सही रोल नम्बर जनाउनका लागि मसी भर्दा गल्ती गरी गोलो घेरामा मसी भरेको, एक भन्दा बढी गोलोमा मसी भरेको वा मसी नै नभरेको कारण रोल नम्बर फरक पर्न गएको अवस्थामा उत्तरपुस्तिका रद्द गरिएको जनाएको छ ।

परीक्षाको नतिजामा चित्त नबुझी पुनर्योग गर्न चाहने उम्मेदवारले मिति आसार ३ गतेसम्म कार्यालय समयभित्र रु. ६०० राजस्व दस्तुर तिरेको सक्कल रसिद र प्रवेशपत्रको प्रतिलिपि सहित शिक्षक सेवा आयोग, सानोठिमीमा निवेदन दिनुपर्ने सूचनामा उल्लेख छ ।

नतिजा हेर्न यहाँ किलक गर्नुहोस्ः

+2 School
Counseling
Bachelors Portal