SEE Result 2082

एसईईको नतिजा सार्वजनिक गर्न एक लाख सम्म राजस्व बुझाउनु पर्ने

राष्ट्रिय परीक्षा बोर्ड, माध्यमिक शिक्षा परीक्षा कक्षा १० ले  (एसइई २०८०)  को नतिजा सार्वजनिक गर्न चाहने संघ–संस्थाले असार तीन गते भित्र आवेदन दिनुपर्ने छ ।

नतिजा सार्वजनिक गर्न चाहने संघ–संस्थाले बोर्डको सर्तअनुसार आवेदन दिनुपर्ने आज प्रकाशित सूचनामा उल्लेख गरेको छ ।

नतिजा सार्वजनिक गर्न चाहने संघ, संस्था वा कम्पनी प्रचलित कानुन वमोजिम दर्ता भएको हुनुपर्ने, भ्याट र प्यानमा दर्ता भएको, र आव २०७९–८० को कर चुक्ता गरेका संघसंस्थाले आवेदन दिन सक्ने सूचनामा उल्लेख गरेको छ ।

एसएमएसका लागि चालिस हजार,  बेवसाइटबाट प्रकाशनका लागि  रु बीस हजार, एसएमएस र वेबसाइटका लागि साठी हजार एसएमएस, आइभीआर र वेवसाइटका लागि एक लाख रुपियाँ बोर्डले राजश्व लिने सूच्नामा उल्लेख छ ।

उक्त राजश्व रकम आन्तरिक राजश्व कार्यालय, भक्तपुरको कार्यालय कोड ३५०३१३३०१ को राजश्व शीर्षक नं १४२२३ मा जम्मा गर्नुपर्ने छ ।

+2 School
Counseling
Bachelors Portal