SEE Result 2082

डिप्लोमा तथा प्रमाणपत्र तहको भर्नाको आधार संशोधन

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी) ले शैक्षिक सत्र २०७९–०८० मा डिप्लोमा तथा प्रमाणपत्र तहको भर्नाको आधार संशोधन गरेको छ । सो संशोधन अनुसार प्रवेश योग्यता संशोधन गरेको छ ।

अक्षराङ्कन पद्धति लागु हुनु पूर्वको प्रमणपत्र नर्सिङ, प्रमाण पत्र बाहेकका अन्य कार्यक्रम र स्वास्थ्य र स्वास्थ्य कार्यक्रम बाहेकका कार्यक्रममा भर्नाको आधार संशोधन गरेको छ ।

प्रवेशिका परीक्षाको डिप्लोमा तथा प्रमाणपत्र तहमा आवेदन फारम भर्नका लागि तोकिएको प्रवेश योग्यता पाठ्यक्रम समितिको निर्णयबाट संशोधन  गरिएको हो ।

संशोधित शर्त अनुसार प्रमाणपत्र तह नर्सिङ कार्यक्रमका लागि आवश्यक शैक्षिक योग्यतामा मान्यता प्राप्त शिक्षण संस्थाबाट अनिवार्य गणित,अंग्रेजी र विज्ञान विषय लिई एसएलसी वा सो सरहको परीक्षामा कम्तिमा द्वितीय श्रेणीमा उत्तीर्ण वा कुल प्राप्ताङ्कमा ४५ प्रतिशत अंक प्राप्त भई वा एसएलसी उत्तीर्ण भई परिषद्बाट यस बमोजिम सञ्चालन हुने कार्यक्रमसँग सम्बन्धित प्राविधिक एसएलसीको कुल पूर्णाङ्कमा ६८.३३ प्रतिशत अंक प्राप्त गरी उत्तीर्ण गरेको हुनुपर्ने छ ।

प्रमाणपत्र तह नर्सिङ बाहेक अन्य सम्पूर्ण कार्यक्रमहरुका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट अनिवार्य गणित,अंग्रेजी र विज्ञान विषय लिई एसएलसी वा सो सरहको परीक्षामा उत्तीर्ण वा परिषद्बाट सम्बन्धित प्राविधिक एसएलसीको कुल पूर्णाङ्कमा ६८.३३ प्रतिशत अंक प्राप्त गरी उत्तीर्ण गरेको हुनुपर्ने छ ।

त्यसैगरी स्वास्थ्य कार्यक्रमहरुका लागि आवश्यक न्यूनतम शैक्षिक योग्यता मान्यता प्राप्त शिक्षण संस्थाबाट प्रवेशिका वा एसईई परीक्षामा अनिवार्य गणित,अंग्रेजी र विज्ञान विषय लिई समग्रमा न्यूनतम स्तरीकृत अंक ४.० मा २.० सीजीपीए अथवा सो सरह वा परिषद्बाट सम्बन्धित प्राविधिक एसएलसीको कुल पूर्णाङ्कमा ६८.३३ प्रतिशत अंक प्राप्त गरी उत्तीर्ण गरेको हुनुपर्ने छ ।

स्वास्थ्य बाहेक अन्य सम्पूर्ण कार्यक्रमहरुका लागि आवश्यक न्युनतम शैक्षिक योग्यतामा मान्यता प्राप्त शिक्षण संस्थाबाट प्रवेशिका वा एसईई परीक्षामा अनिवार्य गणित,अंग्रेजी र विज्ञान विषय लिई समग्रमा न्यूनतम स्तरीकृत अंक ४.० मा १.६ सीजीपीए अथवा सो सरह वा परिषद्बाट सम्बन्धित प्राविधिक एसएलसीको कुल पूर्णाङ्कमा ६८.३३ प्रतिशत अंक प्राप्त गरी उत्तीर्ण गरेको हुनुपर्ने छ ।

+2 School
Counseling
Bachelors Portal