SEE Result 2082

कक्षा १० को अङ्ग्रेजीको पाठ्यवस्तु संशोधन

पाठ्यक्रम विकास केन्द्रले कक्षा १० को अनिवार्य अङ्ग्रेजी विषयको पाठ्यपुस्तकमा भएका एकाइ दुईको ‘फेस्टिवल एण्ड सेलिव्रेसन’ पेज १७ मा रहेको चित्र संशोधन गरेको छ ।

चालु शैक्षिक वर्ष (२०८०) देखि देशभर कार्यान्वयनमा आएको सो पाठ्यक्रमको पाठ्यपुस्तकमा चित्रमा मच्छिन्द्रनाथ जात्रा र बिस्का जात्रा हुनु पर्नेमा प्राविधिक कारणले अन्यथा हुन गएकाले सम्पादन गरेको हो ।

सम्पादन गरिएको पुस्तक केन्द्रको वेबसाइटमा राखिएकाले सो अनुसार अध्ययन अध्यापन गर्नु गराउनु सम्बन्धित सबैलाई केन्द्रले अनुरोध गरेको छ ।

+2 School
Counseling
Bachelors Portal