SEE Result 2082

परिषदद्वारा डिप्लोमा तथा प्रि-डिप्लोमा तहका पाठ्यक्रम परिमार्जन

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्, पाठ्यक्रम विकास तथा समकक्षता निर्धारण महाशाखाले डिप्लोमा तथा प्रि-डिप्लोमा तहका पाठ्यक्रम परिमार्जन गरेको छ ।

परिषद्को पाठ्यक्रम समितिको विभिन्न मितिमा सम्पन्न बैठकबाट स्वीकृत भई यसै शैक्षिक सत्रबाट परिमार्जित पाठ्यक्रम लागू गर्ने निर्णय भएको हो ।

परिषद्ले आज एक सूचना जारी गर्दै साझेदारी, टीईसीएस एवं सम्बन्धन प्राप्त शिक्षण संस्थाहरूमा अनिवार्य रूपमा यसै शैक्षिक सत्रदेखि लागु गर्न गराउन निर्देशन दिएको छ ।

शैक्षिक सत्र २०७९–८० मा भर्ना भएका डिप्लोमा इन सोसियल वर्क, रिभाइज्ड २०२२, प्रि डिप्लोमा इन कुलिनरी आर्टस्, रिभाइज्ड, २०२२ प्रयोग गर्न निर्देशन दिएको हो ।

त्यसैगरी तीन वर्षे डिप्लोमा इन्जिनियरिङ तर्फ (तेस्रो सेमेस्टरदेखि छैटौँ सेमेस्टर) शैक्षिक सत्र २०७८–७९ मा भर्ना भएका समूहको लागि डिप्लोमा इन मेकानिकल इन्जिनियरिङ, डिप्लोमा इन इलोक्ट्रोनिक्स इन्जिनियरिङ, डिप्लोमा इन इन्पमेसन टेक्नोलोजी, डिप्लोमा इन जोमेटिक्स इन्जिनियरिङ, डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ, डिप्लोमा इन अटोमोबाइल इन्जिनियरिङ, डिप्लोमा इन इलेक्टिकल्स एण्ड इलोक्ट्रोनिक्स इन्जिनियरिङलगायतका पाडठ्यक्रम परिमार्जन गरेको हो ।

सम्बन्धित सबै संस्था, सञ्चालक, प्राचार्य प्रशिक्षक एवं विद्यार्थीहरूमा सम्बोधन गर्दै परिषद्ले परिमार्जित पाठ्यक्रमहरू परिषद्को वेबसाइटबाट सिधै डाउनलोड वा महाशाखामा सम्पर्क राख्न र परिषद्को प्रदेश कार्यालयमा सम्पर्क गरी भर्चुअल माध्यमबाट हुने प्रवोधिकरण कार्यशालामा सहभागी हुन सूचित गरेको छ ।

+2 School
Counseling
Bachelors Portal