SEE Result 2082

माध्यमिक तहको विज्ञापन संशोधन

शिक्षक सेवा आयोगले माध्यमिक तहको विज्ञापन संशोधन गरेको छ । 

माध्यमिक तह तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक परीक्षाका लागि गरिएको विज्ञापनमा संशोधन गरेको हो । 

शिक्षक सेवा आयोगबाट गत पुस ८ गते गरेको खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाको विज्ञापन प्रकाशित भएकोमा शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट केही विषयका पद थप भएको हुनाले संशोधन गरेको आयोगले जनाएको छ ।

आयोगले गण्डकी प्रदेशमा विभिन्न विषयका लागि ६ पद थप गरेको छ । नेपाली विषयका लागि १, अङ्ग्रेजीका लागि १, गणितका लागि १, विज्ञानका लागि १, सामाजिक लागि १, कार्यालय सञ्चालन तथा लेखाका लागि १ पद थप गरेको छ र आयोगले साविकका पदमा थप र बाँकी अन्य प्रदेश र विषयहरुको हकमा यथावत रहेको  सूचना जारी गरेको छ ।

आयोगले गरेको विज्ञापन अनुसार नेपाली विषयका लागि ६७, अंग्रेजीका लागि ७९, गणितका लागि ८५, विज्ञानका लागि १२४, सामाजिकका लागि ५३, अर्थशास्त्रका लागि ७, कार्यालय सञ्चालन तथा लेखा १५, संस्कृत व्याकरणका लागि ३, कम्प्युटर विज्ञानका लागि ३ गरी जम्मा ४३६ रिक्त पदका लागि विज्ञापन गरेको थियो ।

आयोले जारी गरेको आजको विज्ञापनको सामान्य परीक्षा चैत्र ३ गते दिउसो १ बजे सञ्चालन गर्ने छ ।

आयोगले माघ ८ गते सम्म नियमित दस्तुरमा र माघ १५ गते सम्म दोब्बर दस्तुरमा आवेदन दिने  समय थप गरेको छ ।

संशोधित सूचना हेर्नुहोस्

+2 School
Counseling
Bachelors Portal