SEE Result 2082

इजरायलमा भएका त्रिविका विद्यार्थी सुरक्षित

त्रिभुवन विश्वविदँलय कृषि तथा पशु विज्ञान अध्ययन संस्थान डीन कार्यालयले इजरायलमा रहेका आफ्ना विद्यार्थी सुरक्षित रहेको जनाएको छ ।

इजरायलको ‘किन्नरेट एकेडेमिक कलेज’ मार्फत विभिन्न कृषि फार्ममा काम गरिरहेका विद्यार्थी मध्ये ‘जेरिट फार्म’ च्याउ फार्ममा रहेका ७२ विद्यार्थीले असुरक्षित भएको जानकारी दिएपछि त्रिविले नेपालस्थित इजरायली दूतावास, इजरायलमा रहेको नेपाली दूतावास र किन्नरेट एकेडेमिक कलेजसँग विद्यार्थीको उद्धार गर्न पहल गरेको विज्ञप्तिमार्फत सार्वजनिक गरेको छ ।

‘जेरिट फार्म’मा कार्यरत ती विद्यार्थीलाई सेनाले सोमबार राति नै उद्धार गरेर विभिन्न पाँच वटा बंकरमा राखेको विज्ञप्तिमा उल्लेख छ । मंगलबार ती विद्यार्थीलाई किन्नरेट कलेज नजिक अझ सुरक्षित क्षेत्रमा ल्याइरहेको जानकारी पाएको कृषि र पशु विज्ञान अध्ययन संस्थानका डिन प्रा भार्गव धितालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

त्रिविका १०० विद्यार्थी ‘लर्न, अर्न एन्ड अर्न’ कार्यक्रम अन्तर्गत द किन्नरेट एकेडेमिक कलेज, जोर्डन गएका थिए । यी विद्यार्थीहरुमध्ये ७२ जना ‘जेरिट फार्म’मा र बाँकी २८ जना अरु दुई कृषि फार्ममा कार्यरत रहेको संस्थानले जानकारी दियो । ती २८ जना विद्यार्थीले आफूहरु सुरक्षित रहेको जानकारी दिएको त्रिविले जनाएको छ । तर उनीहरुलाई पनि सचेत रहन र समस्या भए तुरुन्तै जानकारी दिन अनुरोध गरेको त्रिविले जनाएको छ ।

+2 School
Counseling
Bachelors Portal