SEE Result 2082

काठमाडौं विश्वविद्यालयद्धारा तलव कटौती

विश्वविद्यालय प्राध्यापक संघ भन्छः कट्टा गरीएको रकम उपलब्ध गराउनु

काठमाडौं विश्वविद्यालयले विश्वविद्यालय अन्तर्गत स्कुल अफ मेडिकल साइन्सका कर्मचारीहरुको  तलव कटौती गरेको छ । विश्वविद्यालयले २०७६ चैत महिनामा खाइपाइ आएको रकममा २५ प्रतिशतसम्म कटाइ तलवभत्ता पठाएको छ ।

विश्वविद्यालयले स्कुल अफ मेडिकल साइन्सका स्वास्थ्यकर्मी, प्राविधिक र प्रशासनका कर्मचारीको तलव कट्टी गरेको हो । यसैविच, काठमाडौं विश्वविद्यालय प्रध्यापक संघले विज्ञप्ति निकालेर त्यसको विरोध जनाएको छ ।

माहामारीको समयमा पनि काम गरिरहेका विश्वविद्यालयका प्राध्यापक तथा कर्मचारीको तलब कट्टी गर्न नहुने संघको भनाई छ ।

संघका सभापति डा. वेदमणि दाहाल र महासचिव डा. विकास अधिकारीले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ –‘नेपाल सरकारले समेत कसैको तलबभत्ता नकटाउने घोषणा गरिसकेको र व्यक्तिगत आयको विना स्वीकृति एकलौटी रुपमा गरिएको निर्णय तुरुन्त फिर्ता लिन र कट्टा गरिएको रकम सम्वन्धितलाई तुरुन्त उपलब्ध गराउन समेत यस संघ आग्रह गर्दछ ।’ 

सरकारले समेत कसैको तलव भत्ता नकटाउने घोषणा गरीसकेको अवस्थामा कट्टा गरीएको रकम सम्वन्धितलाई तुरुन्त उपलब्ध गराउन संघले विश्वविद्यालयलाई आग्रह पनि गरेको छ ।

+2 School
Counseling
Bachelors Portal