
काठमाडौंमा अवस्थित समृद्धि स्कूल/कलेजले सिस्को नेटवर्क एकेडेमीको सम्बन्धनमा अन्तर्राष्ट्रिय स्तरको समृद्धि सिस्को नेटवर्किङ्ग एकेडेमी सञ्चालनमा ल्याएको छ ।
सूचना तथा सञ्चार प्रविधिसंग सम्वन्धित जनशक्ति स्वदेशमा नै उत्पादन गर्ने उद्देश्यले समृद्धि कलेज, समृद्धि स्कूल र काठमाडौं विज्नेस क्याम्पस विज्नेस क्याम्पसको सहकार्यमा सो कार्यक्रम सञ्चालनमा ल्याइएको हो ।
उक्त कलेजहरुमा अध्यापन गराइने वि सि.ए र बि.बि.एस. कार्यक्रमका विद्यार्थीहरुलाई स्वरोजगार र उद्यमशील बनाउने गरी उक्त कार्यक्रम सञ्चालनमा ल्याएको छ ।
कलेजले औपचारिक कार्यक्रमका साथ सो कार्यक्रम सञ्चालनमा ल्याएको घोषणा गरेको छ । सो कार्यक्रमलाई सम्बोधन गर्दै स्कूल-कलेजका अध्यक्ष मनोहर कुमार भट्टराईले कोभिड १९ को बाबजुद पनि विद्यार्थीहरुको सर्वाङ्गीण विकासको लागि अध्ययनरत आफ्ना विद्यार्थीहरुको उद्यमशीलता तथा रोजगारमूलक सिप प्रवर्धन गर्न एकेडेमीले महत्व पूर्ण सहयोग पुयाउने धारणा व्यक्त गरे ।
त्यसै गरी प्रमुख अतिथि पूर्व वातावरण, विज्ञान तथा प्रविधि मन्त्री गणेश शाहले अबको पुस्ताले समय सापेक्ष शिक्षा हासिल गरी सरकारी कामलाई ई गभरमेन्ट तथा पार्लियामेन्ट लाई पनि ई पार्लियामेन्ट बनाई आईटी युजर बढाउनु पर्ने बताए। नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा-प्रतिष्ठानका उपकुलपति डा सुनिल बाबु श्रेष्ठले यो कार्यक्रमले शिक्षा जगतमा नै नयाँ आयाम थपेको बताए।
सिस्को नेटवर्क एकेडेमी सार्ककी क्षेत्रीय मेनेजर सुश्री कालाहरि कलुरारीले नेपालको सूचना प्रविधि जनशक्ति निर्माणमा सिस्को नेटवर्क एकेडेमीले यथासंभव सहयोग गर्ने तथा सिस्को द्वारा सूचना प्रविधि क्षेत्रमा प्रदान गरिने विश्वस्तरीय तालीमबाट विद्यार्थीहरुको सिप र व्यक्तित्व विकासमा सहयोग पुर्याउने प्रतिवद्धता व्यक्त गरे । उक्त कार्यक्रममा विशेष अतिथिहरु त्रिभुवन विश्वविद्यालय, इन्जीनीयरिङ्ग अध्ययन संस्थानका प्राध्यापक डाक्टर सुवर्ण शाक्य, विशाल फाउण्डेसनका कार्यकारी निर्देशक विशाल गैरेले पनि आ-आफ्नो धारणा राखेका थिए ।






