SEE Result 2082

एसइईको ग्रेडवृद्धि परीक्षाको तालिका सार्वजनिक

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०)ले २०८१ सालको पूरक (ग्रेडवृद्धि) परीक्षाको तालिका सार्वजनिक गरेको छ ।

पनिकाका अनुसार साउन २३ गते पहिलो दिन अनिवार्य अंग्रेजीको परीक्षा सञ्चालन गरिनेछ ।

परीक्षा विहान ११ देखि अपराह्न २ बजेसम्म सञ्चालन हुनेछ । त्यो बेला वर्षात्को समय भएकाले परीक्षार्थीलाई परीक्षा केन्द्रसम्म जान समस्या हुनसक्ने भएकाले विहान परीक्षा सञ्चालन नगरिएको पनिकाले जनाएको छ ।

२०८१ साउन २३ गते अनिवार्य अंग्रेजी

२०८१ साउन २४ गते अनिवार्य नेपाली

२०८१ साउन २५ गते अनिवार्य गणित

२०८१ साउन २६ गते अनिवार्य विज्ञान तथा प्रविधि

२०८१ साउन २७ गते अनिवार्य सामाजिक अध्ययन

२०८१ साउन २८ गते ऐच्छिक प्रथमपत्र सबै

२०८१ साउन २९ गते ऐच्छिक द्वितीय सबै र प्राविधिक धारतर्फका

२०८१ साउन ३० गते प्राविधिक धारतर्फका

२०८१ साउन ३१ गते प्राविधिक धारतर्फका

+2 School
Counseling
Bachelors Portal