SEE Result 2082

एसईई चैत्र १७ गतेदेखि २९ गतेसम्म सञ्चालन गर्नेगरी कार्यतालिका सार्वजनिक (कार्यतालिकासहित)

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९, को परीक्षा तालिका सार्वजनिक गरेको छ ।

२०७९ सालको माध्यामिक शिक्षा परीक्षा (नियमित,ग्रेडवृद्धि)को समय तालिका सार्वजनिक गरेको हो ।

बोर्डको माघ ११ को निर्णय अनुसार एसईई चैत्र १७ गतेदेखि २९ गतेसम्म बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने भएको छ । यसअघि बोर्डले चैत्र ९ गतेदेखि एसईई सञ्चालन गर्ने प्रस्ताव गरेको थियो भने, बोर्डले सार्वजनिक गरेको बार्षिक परीक्षा कार्यतालिका भन्दा एसईई एक हप्ता पछाडिबाट सञ्चालन हनेगरी तालिका सार्वजनिक भएको छ । 

परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठका अनुसार कार्यतालिका र बोर्डको प्रस्ताव अनुसार परीक्षा सञ्चालन गर्दा विचमा रामनवमी पर्ने र परीक्षा तालिका  लामो समय सम्म सञ्चालन गर्नु पर्ने भएकाले बोर्डले एक हप्ता पछिदेखि परीक्षा सञ्चालन गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको हो।

+2 School
Counseling
Bachelors Portal