SEE Result 2082

नमोबुद्ध नगरपालिका नगरप्रमुखद्वारा दुई विद्यार्थीलाई छात्रवृत्ति

काभ्रेपलाञ्चोक, १५ भदौ (रासस): नमोबुद्ध नगरपालिका प्रमुख टङ्कप्रसाद शर्मा तिमल्सिनाले असहाय एवं आर्थिक अवस्था कमजोर भएका दुई जना बालकलाई उच्च शिक्षाका लागि छात्रवृत्ति प्रदान गर्नुभएको छ । 

उहाँले एसइई परीक्षामा उत्कृष्ट अङ्क ल्याएका दुई जना बाबु नभएका बालकलाई प्लसटु विज्ञान सङ्काय अध्ययनका लागि छात्रवृत्ति प्रदान गर्नुभएको हो । 

नमोबुद्ध नपा–४ मेथिनकोटका बाबु नभएका १५ वर्षीय शिवराज चिमौरिया र नमोबुद्ध नपा–२ फूलबारीका १५ वर्षीय दिपेश गौतमलाई कक्षा ११ र १२ अध्ययनका लागि दुई वर्षको छात्रवृत्ति प्रदान गरेको नगरप्रमुख तिमल्सिनाले बताउनुभयो । 

नगर कार्यालयबाट प्राप्त सुविधाबाट दुई जना बालकलाई उच्च शिक्षाका लागि सहयोग गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “बाबु नभएका दुई जना बालकलाई यो वर्ष छात्रवृत्ति प्रदान गरेको छु, ।” 

एसइई परीक्षामा चिमौरियाले ए प्लस (३ दशमलव ७५) र गौतमले ए प्लस (३ दशमलव ०७) अङ्क प्राप्त गरेका थिए । बाबु नभएका दुवै जना बालकलाई यसअघि आ–आफ्ना काकाले घरायसी हेरचाह एवं विद्यालय शिक्षामा सहयोग गर्दै आएका थिए । 

काभ्रेपलाञ्चोकको बनेपास्थित निष्ट कलेजमा अध्ययनको तयारी गर्दै रहेका गौतमले भने “आफूले चाहेको विषय पढ्न पाएकामा प्रमुखलाई धेरै धन्यवाद दिन चाहन्छु, उहाँको सहयोगलाई सदुपयोग गर्नेछु”, नगरप्रमुख तिमल्सिनाले दुई जना बालकका लागि कलेजमा लाग्ने स्टेशनरीसहित सम्पूर्ण खर्च ब्यहोर्ने बताउनुभएको छ ।

+2 School
Counseling
Bachelors Portal