SEE Result 2082

छात्रवृत्ति र भौतिक पूर्वाधारमा सहयोग

नेपाली एसोसिएसन अफ ओरेगन (एनएओ)ले यस वर्ष पनि आर्थिक विपन्न जेहेन्दार नेपाली विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउनुका साथै पूर्वाधारमा सहयोग गर्ने भएको छ ।

सो संस्थाका पूर्वअध्यक्ष तथा शिक्षा समितिका अध्यक्ष भरत बाँस्कोटाले जारी गरेको विज्ञप्तिमा कक्षा ८ मा छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीले कक्षा १० सम्म नै छात्रवृत्ति प्राप्त गर्ने उल्लेख गरेका छन् । सो संस्थाले छात्रवृत्ति र पूर्वाधार सहयोगका लागि आवेदन माग गरेको थियो । सोही आवेदनका आधारमा विद्यार्थी र विद्यालय छनोट गरिएको जनाइएको छ ।

एक हजार अमेरिकी डलर रहेको एनएओ हाइस्कुल एक्सिलेन्स अवार्ड ग्लेन्कोइ हाइस्कुल, ओरेगनकी आश्ना राजभण्डारीलाई प्रदान गरिने भएको छ । त्यस्तै एक सय अमेरिकी डलर राशीको एनएओ नेपाल छात्रवृत्ति गोर्खाको बागेश्वरी आधारभूत विद्यालयकी अमृता गुरुङलाई, नुवाकोटको महादेव माध्यमिक विद्यालयकी अनिता नेपाललाई, काठमाडौँको गोकर्णेश्वर माध्यमिक विद्यालयका विनोद सुनारलाई, कीर्तिपुरको कीर्तिपुर माध्यमिक विद्यालयकी कोपिला लामालाई र कीर्तिपुरकै गोर्खनाथ माध्यमिक विद्यालयका नवीन ओखालाई प्रदान गरिने भएको छ । यी विद्यार्थी कक्षा १० मा अध्ययनरत छन् ।

त्यस्तै कक्षा नौमा अध्ययनरत विद्यार्थीले पनि यस्तो छात्रवृत्ति प्राप्त गरेका छन् । सो छात्रवृत्ति पाउनेमा चितवनको माध्यमिक विद्यालय गंगानगरका विवेक तामाङ र सलिन सापकोटा, तनहुँको निर्मल माविकी कश्मी दवाडी नेपाली, पोखराको जनसिद्ध आधारभूत विद्यालयकी सन्ध्या परियार र स्वस्तिका रामदाम रहेका छन् ।

कक्षा ८ मा पोखराको जनसिद्ध आधारभूत विद्यालयकी सभ्यता केसी, हुम्लाको बालमन्दिर माविकी प्रकृति भण्डारी, भक्तपुरको देवी माविकी सन्ध्या बस्नेत, विराटनगरको बाखरी आधारभूत विद्यालयकी स्वाती कामत र ओखलढुँगाको महादेवस्थान माविकी कविता राई छन् । गोर्खाको बागेश्वरी आधारभूत विद्यालयकी कक्षा ४ की विद्यार्थी अनिता गुरुङले पनि यो छात्रवृत्ति पाएकी छिन् ।

त्यस्तै कास्कीको जनसिद्ध आधारभूत विद्यालयलाई विज्ञान प्रयोगशाला मर्मतका लागि साढे दुई लाख रुपियाँ, खोटाङको कालिका माविलाई पुस्तकालय व्यवस्थापन गर्न दुई लाख २५ हजार रुपियाँ र रामेछापको कैलेश्वर माविलाई पुस्तकालय व्यवस्थापन गर्न दुई लाख ५६ हजार पाँच सय रुपियाँ उपलब्ध गराइने सो संस्थाले विज्ञप्तिमा उल्लेख गरेको छ ।

 

+2 School
Counseling
Bachelors Portal