SEE Result 2082

भौतिक रूपमा पठनपाठन गरिएको फेला परे

कोहलपुर नगरपालिकाले भौतिक रूपमा विद्यालय सञ्चालन गर्ने विद्यालयलाई कारवाही गर्ने भएको छ ।

सो नगरपालिकाको आज बसेको सरोकारवालाको बैठकले भौतिक रूपमा कक्षा सञ्चालन गर्ने विद्यालयलाई कारवाही गर्ने निर्णय गरेको छ । 

आज विहान नगरपालिकाले आकस्मिक रूपमा अनुगमन गर्दा कोहलपुरको मिसन पब्लिक स्कुल, पञ्चमुखी इङ्लिस स्कुल, दीपज्योति विद्याश्रम र निम्बल एकेडेमीले भौतिक रूपमा कक्षा सञ्चालन गरिरहेको पाइएको थियो । सो पाइएपछि तत्काल सरोकारवालाको बैठक डाकिएको थियो । सो बैठकले आइन्दा भौतिक रूपमा कक्षा सञ्चालन गरे कारवाही गर्ने निर्णय गरेको थियो ।नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख अनन्तकुमार पौड्यालले भौतिक रूपमा कक्षा सञ्चालन गरिएको फेला परेका विद्यालयहरूलाई आइन्दा कक्षा सञ्चालन गरे कानुनबमोजिम कारवाही गर्ने सर्तमा एक पटकका लागि सचेत गराउने निर्णय गरिएको जानकारी दिए ।

उनले भने, “कसैलाई पनि भौतिक रूपमा कक्षा सञ्चालन गर्न छुट छैन । जुन स्कुलले निर्णयको वेवास्ता गर्ने छ, त्यसमाथि कडा कारवाही गरिनेछ ।”

आजको बैठकमा नगरप्रमुख लुटबहादुर रावत, प्रमुख प्रशासकीय अधिकृत टोपेन्द्र केसी लगायत निजी विद्यालयका सञ्चालकहरूसमेत १९ जना उपस्थित थिए । 

+2 School
Counseling
Bachelors Portal