SEE Result 2082

विद्यालय शिक्षा विधेयक समितिमा अल्झिएको छः शिक्षा मन्त्री

विद्यालय शिक्षा विधेयक समितिमा अल्मलिएको  शिक्षा मन्त्री सुमना श्रेष्ठले  बताएकी छन् ।

आगामी आर्थिक बर्षका लागि विनियोजित बजेट माथि प्रतिनिधि सभाको बैठकमा  आज ावाफ दिँदै विधेयक मन्त्रालयबाट सदन र सदनबाट समितिमा पुगेको जानकारी दिइन् ।

उनले विधेयकका बारेमा मन्त्रीले काम नगरेको भन्ने भाष्य गलत भएको भन्दै उनले आफूले यसलाई अघि बढाउन लिखित तथा मौखिक अनुरोध गरेको बताइन् । ‘म यो रोष्ट्रमबाटै  सबैलाई स्पष्ट पार्न चाहन्छु शिक्षा विधेयक मन्त्रालयमा अड्केको छैन, मेरो हातमा छैन । सदनमा पेश भैसकेको छ, समितिमा सांसदहरूसंग छु उनले भनिन् ुशिक्षा विधेयक समितिमा छलफल अघि नबढेको भनी मैले समिति सभापतिज्यूलाई मौखिक र लिखित रूपमा समेत विधेयक अगाडि बढाईदिन आग्रह गरिसकेकी छु, मन्त्रीको काम के, सदनको काम के भन्नेमा भ्रम फैलाउन बन्द गरौँ, सबैले आआफ्नो काम गरौँ ।’

मन्त्रालयको काम विधेयक बनाएर बुझाउने भएको भन्दै उनले त्यो काम भईसकेको र पारित गर्ने फिर्ता पठाउने काम सदनको भएको उनले उल्लेख गरिन् । दुई साता अघि शिक्षक महासंघले विधेयकलाई अगाडी बढाउन ध्यानाकर्षण गराएको स्मरण गर्दै उनले महासंघको शब्द हुबहु कपी पेस्ट सदनमा सुन्दा खुसी लागेको बताईन् ।

+2 School
Counseling
Bachelors Portal