SEE Result 2082

विद्यालय नर्स कार्यक्रम लागु, तर स्थानीय तहले दिएनन् बजेट

सरकारले एक विद्यालय एक नर्स कार्यक्रम लागु गरेपनि नर्स कार्यक्रम लागु भएका विद्यालयमा स्थानीय तहले बजेट निकासा नगरेको पाइएको छ ।

भक्तपुर जिल्लाका केही सामुदायिक विद्यालयमा कार्यरत नर्सले आफूले अहिलेसम्म पारिश्रमिक नपाएको गुनासो गरेका छन् ।

तलब पाउने नर्सहरूलाई पनि कतिपय स्थानीय शिक्षा विभागले हाम्रो विभागको जिम्मेवारी नभएको भन्दै तलब निकासा गर्न अटेरी गर्दै आएका छन् ।

एक विद्यालय एक नर्स कार्यविधि २०७६ मा तलब सम्वन्धित विद्यालयले उपलब्ध गराउनु पर्ने उल्लेख छ । कार्यविधिमा स्थानिय तहले विद्यालय नर्सको पारिश्रमीक सम्वन्धित विद्यालय मार्फत भुक्तानी गर्नुपर्ने भनिएको छ । तर, केहि विद्यालयमा कार्यरत नर्सहरूले भने आफूहरूले तलव नपाएको गुनासो गर्दै आएका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विद्यालयमा बालबालिकाको उपस्थिति नियमित गराउन र उनीहरूको नियमित स्वास्थ्य जाँचका लागि ‘एक विद्यालय एक नर्स’ कार्यक्रम लागू गरेको थियो । अहिलेसम्म ३ सय ९२ वटा विद्यालयमा नर्सिङ कार्यक्रम लागू भएको छ । अहिलेसम्म झन्डै २ सय बढी विद्यालयमा नर्स कार्यक्रम सुरू भएको छ । प्रदेश १ का ५४ वटा र प्रदेश ३ का १ सय २१ वटा विद्यालयमा विद्यालय नर्सिङ कार्यक्रम लागू भएको छ ।

शिक्षा मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार ८३ लाख ४९ हजार ६ सय ५१ जना विद्यार्थी विद्यालयमा अध्ययनरत छन् । जबकि दर्तावाल नर्सको संख्या ९० हजार ८ सय १७ जना छन् । अन्तर्रा्ष्ट्रिय मान्यतालाई हेर्ने हो भने ७ सय जना विद्यार्थीदेखि ८ सय विद्यार्थीलाई एक जना नर्सले सेवा दिएका हुन्छन् । सरकारले ‘एक विद्यालय एक नर्स’ कार्यक्रमका लागि ३ करोड ४६ लाख रूपैयाँ बजेट छुट्याएको छ ।

बालबालिकाको उपस्थिति नियमित गराउन र उनीहरूको नियमित स्वास्थ्य जाँचका लागि विद्यालय नर्स कार्यक्रमको सुरूवात गरिएको हो । तत्कालीन स्वास्थ्य मन्त्रालय, प्याब्सन र एनप्याब्सनको सक्रियतामा २०७३ सालमा प्रत्येक विद्यालयमा नर्स राख्ने सैद्धान्तिक सहमति भएको थियो । विद्यार्थीलाई स्वस्थ र फुर्तिलो राख्न विद्यालयमा नर्स राख्ने योजना थालिएको हो ।

 उनीहरूले बालबालिकाको स्वास्थ्य अवस्थाबारे जाँचबुझ र स्वस्थ रहन गरिने कार्यबारे जानकारी दिने, व्यावहारिक प्रयोगबारे सिकाउने, विद्यालयमा जंकफुड प्रयोग निषेध गर्ने, घर तथा विद्यालयमा कसरी स्वस्थ खानेकुरा बनाइन्छ भन्नेबारे विद्यार्थीलाई सिकाउनेछन् । हाल प्राथमिक तहमा स्टाफ नर्स र प्लस टु तहसम्म बीएन ९स्नातक उत्तीर्ण०लाई जिम्मेवारी दिइएको छ ।

विद्यालयमा नर्सले दैनिक विद्यार्थीको स्वास्थ्य हेरचाहसँगै उनीहरूलाई स्वस्थ रहने तरिकाबारे जानकारी गराउनेछन् । नर्सले विद्यार्थीलाई स्वास्थ्य सेवा प्रदान गर्ने, स्वच्छ वातावरण निर्माणका लागि विद्यार्थीलाई उत्प्रेरित गर्ने, विद्यार्थीमार्फत समुदायको स्वास्थ्य सचेतनाको काम गर्ने र छात्रामा देखिने विभिन्न समस्याको निगरानी र उपचारमा सहयोग गर्नेछन् ।

विद्यालयमा नर्स राख्न थालिएपछि महिनावारी भएका छात्राहरू पनि नियमित रूपमा विद्यालय आउन थालेका छन् । यस्तै, हात धुने, खोपबारे जानकारी, जंकफुड प्रयोग नगर्नेलगायतका विषयमा पनि सचेत भएको स्वयं विद्यार्थी स्विकार्छन् ।

+2 School
Counseling
Bachelors Portal