SEE Result 2082

विद्यालय नर्सलाई विषय शिक्षकका रुपमा प्रयोग गर्न नपाइने

बागमती प्रदेश सरकारले आफ्नो मातहतका सम्पूर्ण विद्यालयमा कार्यरत विद्यालय नर्सलाई विषय शिक्षकको रुपमा काम नलगाउन निर्देशन दिएको छ ।

स्वास्थ्य मन्त्रालय अन्तर्गत्को बागमती स्वास्थ्य निर्देशनालयले विषय शिक्षकको रुपमा प्रयोगन नगर्न निर्देशन दिएको हो ।

विद्यालय नर्सलाई विषय शिक्षकको रुपमा कामकाज गर्न लगाउँदै गरेको कुरा अनुगमन गर्ने कम र केहि निवेदन मार्फत जानकारी आएको हुनाले नर्सलाई शिक्षण नगराउन निर्देशन दिइएको निर्देशनालयले जानकारी दियो ।

एक विद्यालय एक नर्स कार्यक्रम सञ्चालन कार्यविधि, २०७८ को दफा ४० बमोजिम विद्यालय नर्सलाई शिक्षकको रुपमा काम लगाउन नहुने हुँदा सबै स्थानीय तहमा कार्यरत विद्यालय नर्सलाई सोहि कार्यविधि अनुसार गर्न गराउन निर्देश्न दिएको छ ।

निर्देशनालयका अनुसार एक विद्यालय एक नर्स कार्यक्रम आर्थिक वर्ष २०७९–८० सम्ममा ११९ ओटा स्थानीय तहका ५१९ ओटा विद्यालयमा विस्तार भइसकेको छ ।

यो कार्यक्रम विद्यालय तहमा नै विद्यार्थीको समग्र स्वास्थ्य, सरसफाई, पोषण, मानसिक स्वास्थ्य, किशोर किशोरी यौन तथा प्रजनन स्वास्थ्य प्रवर्धन गर्न तथा सरुवा र नसर्ने रोग रोकथाम बारे जानकारी गराई स्वस्थ जीवन यापन अपनाउन उत्प्रेरित गर्न बागमती प्रदेशमा आर्थिक वर्ष २०७५–०७६ मा नमूना स्वास्थ्य प्रवर्धन कार्यक्रमको रुपमा शुरुवात गरिएको कार्यक्रमको निरन्तरता हो ।

प्रदेश स्वास्थ्य सेवा ऐन२०७५ को दफा ८५ ले दिएको अधिकार प्रयोग गरी प्रदेश सरकारले कार्यविधि बनाए कार्यान्यनमा ल्याएको कार्यक्रम हो ।

+2 School
Counseling
Bachelors Portal