SEE Result 2082

स्कुल अफ ललाई तीन विघा जग्गा प्राप्त

मध्यपश्चिम विश्वविद्यालय एमयू ग्राजुएट स्कुल अफ ल लाई तीन विघा जग्गा प्राप्त भएको  छ। वीरेन्द्रनगर नगरपालिका राष्ट्रिय आधारभूत विद्यालय र नौलो सुधार सामुदायिक वन उपभोक्ता समितिले सम्झौता मितिकै दिन देखि उक्त जग्गा र भौतिक संरचना विश्वविद्यालयलाई हस्तान्तरण गर्ने  गरी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

विश्वविद्यालयका उपकुलपति प्राडा नन्दबहादुर सिंहले ग्राजुएट स्कुल अफ ल का लागि शैक्षिक तथा प्रशासनिक क्रियाकलाप सञ्चालन गर्न तीन विधा जमिन प्राप्त गर्ने गरी सम्झौता पत्रमा हस्ताक्षर  भएको जानकार दिए ।

उक्त हस्ताक्षर  कार्यक्रममा वीरेन्द्रनगर नगरपालिका वडा नं ९ का वडाध्यक्ष ऋषि गिरी, नौलो सुधार सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष किशन बहादुर शाही र नेपाल राष्ट्रिय आधारभूत विद्यालयका तर्फबाट विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पराक्रम सिंह ठकुरीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौता कार्यक्रममा कर्णाली प्रदेश सभाका सदस्य जानकी सिंह, कर्णाली प्रदेश सरकारका पूर्व न्यायधिवक्ता विद्याभुषण मानन्धर, विश्वविद्यालयका रजिष्ट्रार प्राडा नारायण प्रसाद पौडेल,  ग्राजुएट स्कुल अफ लका डाइरेक्टर उपेन्द्र बहादुर विक लगायतले सहयोग गर्ने प्रतिवद्धता सहित सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए।

+2 School
Counseling
Bachelors Portal