प्रविधिक धार सञ्चालन गर्ने विद्यालय छनोट

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक सत्र २०७७–०७८ देखि प्रविधिक धार सञ्चालन गर्ने विद्यालयको छनोट गरेको छ ।

विभिन्न सर्तका आधारमा सातै प्रदेशका विद्यालय छनोट गरेको हो । छनोटमा परेका विद्यालयले शिक्षा तथा मानव स्रोत विकास केन्द्र्रले निर्धारण गरेको मापदण्ड पुरा नगरेमा पाठ्यक्रम अनुसार पठनपाठन गरेको नपाइएमा जुनसुकै बेला अनुदान रोक्न सक्ने निर्देशक सुरेश कुमार जोशीले बताए ।

अनुदानका लागि छनोटमा परेका विद्यालयले कक्षा सञ्चालनको अनुमति सम्वन्धित स्थानीय तहबाट लिनुपर्ने, शैक्षिक सत्र २०७७।०७८ मा छनौटमा परेका र कोभिड १९ का कारण गत वर्ष कक्षा सञ्चालन नगरेका विद्यालयहरुले यस शैक्षिक सत्रबाट विद्यार्थी भर्ना प्रक्रिया शुरु गर्ने, एउटा कक्षामा अधिकतम ४८ विद्यार्थी हुनु पर्ने, सम्वन्धित विषयमा अध्यापन गराउने विद्यालयले माध्यमिक शिक्षक तृतिय श्रेणी सरहको प्रशिक्षक एक जना र निम्न माध्यमिक तृतिय श्रेणीको शिक्षक सरहको सहायक प्रशिक्षक एक जना सम्वन्धित स्थानीय तह र शिक्षा विकास तथा समन्वय इकाइको समन्वयमा अनुमति लिइ प्रचिलत कानून अनुसार अस्थाई करार शिक्षक नियुक्तिको प्रक्रिया पुर्याइ नियुक्त गर्ने , योग्यताको हकमा प्रशिक्षकको लागि सम्वन्धित विषयमा कम्तिमा स्नातक र सहायक प्रशिक्षकको हकमा सम्वन्धित विषयमा डिप्लोमा र प्राविधिक तथा व्यावसायिक धार बाट कक्षा १२ उर्तीण गरेको हनु पर्ने लगायतका सर्त निर्धारण गरिएको निर्देशक जोशीले जानकारी दिए । ।

केन्द्रले प्रदेश एकका १०, प्रदेश दुईबाट ५, प्रदेश बागमती प्रदेशबाट सात, गण्डकी प्रदेशमा६ वटा, पाँच नम्बर प्रदेशमा ६,कर्णली प्रदेशका तीन सुदुर पश्चिमका सात विद्यालयलाई प्राविधिकधार सञ्चालनका लागि अनुमति दिएको छ ।

विस्तृत जानकारीका लागि यहाँ जानुहोस्ः

Degrees offered in nepal
Counseling
Bachelors Portal