SEE Result 2082

स्कुलले कक्षा १० का विद्यार्थीको विवरण एकाइमा पठाउनुपर्ने

गत २०७६ सालका कक्षा १० का विद्यार्थीको सम्बन्धित विद्यालयले गरेको अन्तिम मूल्याङ्कनलाई सम्बन्धित विद्यालयले शिक्षा विकास तथा समन्वय एकाइमा पठाउनुपर्ने सरकारले निर्णय गरेको छ ।

हिजो गरेको मन्त्रिपरिषद्को बैठकले गरेका निर्णयका बारेमा सञ्चारमन्त्रीको समेत जिम्मेवारी पाएका अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिँदै सो बताएका हुन् ।

“एकाइले त्यस विवरणलाई राष्ट्रिय परीक्षा बोर्डमा पठाउनुपर्नेछ” उनले थपे, “त्यसरी प्राप्त विवरणका आधारमा बोर्डले प्रमाणीकरण गर्नेछ । यससम्बन्धी आवश्यक कार्यविधि बोर्डले बनाउनेछ ।” कहिलेसम्म विद्यालयले विवरण एकाइलाई उपलब्ध गराउनुपर्नेछ भन्ने जनाइएको छैन ।

मन्त्री डा. खतिवडाले शिक्षण संस्थाका कार्यालय खुला गर्न दिइने निर्णय भएको जानकारी दिए । “तर पठनपाठन गर्न पाइनेछैन” उनले भने । विद्यालयहरुले असार १ गतेबाट कार्यालय खोल्न पाउनुबाट भर्ना लिनेछन् भन्ने प्रष्ट छ । उनले सार्वजनिक पुस्तकालय पनि खोल्न सकिने जानकारी दिए ।

विद्यालय, कलेज, ट्युसन सेन्टर लगायतका शैक्षिक संस्था हाललाई सञ्चालन गर्न नदिइने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको छ । मन्त्रिपरिषद्ले विभिन्न व्यवसाय तथा सेवालाई खुकुलो बनाउने निर्णय पनि गरेको छ । डा. खतिवडाले जोखिमअनुसार आवश्यक व्यवस्था थपघट हुनसक्ने बताए ।

 

+2 School
Counseling
Bachelors Portal