SEE Result 2082

आजदेखि ६ दिन विद्यालय बन्द रहने

आजदेखि ६ दिन विद्यालय बन्द  गरिएको छ । स्थानीय तह निर्वाचनका लागि सरकारले वैशाख  ३० गते मात्रै  सार्वजनिक विदा दिने निर्णय गरेको  भएपनि निर्वाचनको कारण देखाउँदै विद्यालय बन्द गरिएको हो ।

अधिकांश सामुदायिक विद्यालय मतदान केन्द्रको रुपमा प्रयोग भएका, धेरै शिक्षकलाई निर्वाचन कार्यक्रममा  खटाइएको कारण देखाउँदै विदा गरिएको छ । त्यसैगरी निजी विद्यालयले धेरै शिक्षक भोटेकै लागि अन्यत्र जानु पर्ने लगायका विविध कारण देखाउँदै आगामी जेठ तीन गतेसम्मका लागि  विदा  दिएका छन् ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले ७७ वटै शिक्षा विकास तथा समन्वय एकाइलाई मतदान केन्द्र कायम भएका विद्यालयमा २८ गतेदेखि ३० गतेसम्म तीन दिन विदा दिन निर्देशन दिएको थियो। वैशाख ३१ गते शनिबार, जेठ १ गत आइतवार पनि सार्वजनिक विदा  दिने सरकारको निर्णयका  कारण पहिलो पटक आइतबार पनि विद्यालय विदा हुने भएका छन् ।त्यसैगरी जेठ २ गते  बुद्ध जयन्ती परेकाले सो दिन पनि सार्वजनिक विदा  छ । त्यसकारण आजबाट ६ दिन सम्म विद्यालयले विदा गरेका हुन् । 

+2 School
Counseling
Bachelors Portal