SEE Result 2082

चिसोका कारण बुटवलका विद्यालय बन्द

वर्षासँगै चिसो बढेपछि बुटवल उपमहानगरपालिकाका सबै विद्यालय दुई दिनका लागि बन्द गरिएका छन् ।उपमहानगरपालिकाले बुधबार सूचना जारी गर्दै चिसोमा विद्यार्थीको स्वास्थ्यलाई ख्याल गर्दै पुस १५ र १६ गते दुई दिन विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

हिउँदे र वर्षे बिदाबाट मिलान गर्ने गरी नगर कार्यपालिकाको वैठकले जाडो बिदा दिने निर्णय गरेको सूचनामा उल्लेख गरिएको छ । बुटवलमा सामुदायिक ३८ र निजी ५८ विद्यालयमा नर्सरीदेखि कक्षा १२ सम्म ३६ हजारभन्दा बढी विद्यार्थीहरू अध्ययनरत छन् ।

+2 School
Counseling
Bachelors Portal