SEE Result 2082

रौतहटका विद्यालय शुक्रबारसम्म बन्द

रौतहटका विद्यालय बन्द गरिएको छ। रौतहटका अधिकांश विद्यालय आज होली मनाएर विदा गीरएको छ ।  सोमबारदेखि बुधवारसम्म होली मनाइने भएकोले शुक्रबार नै जिल्लाका अधिकांश विद्यालय तथा क्याम्पस बन्द गरिएका छन्।

सोमबार पहाडी समुदायको होली पर्ने भएको र मंगलबार मधेशी समुदायको होली पर्ने भनिए तापनि मंगलबार ग्रामीण समुदायले होली नमान्ने चलन रहेकोले बुधवार होली मनाइँदै छ। बुधबार अन्तर्राष्ट्रिय महिला दिवसको सार्वजनिक विदा परेको र सोही दिन तराईमा होली मनाइने भएको हुनाले शुक्रबारदेखि शिक्षालय संचालन आउने भएका छन्।

जिल्लाका अधिकांश सामुदायिक विद्यालय तथा क्याम्पसमा शुक्रबार नै होली मनाएर तथा भोज भतेर गरेर बिहीबारसम्मको लागि बिदा दिइएको छ। केही संस्थागत विद्यालयले पनि विदा दिएका छन् भने केही संस्थागत विद्यालयले आइतवार होली मिलन समारोह गरेर बिदा दिने भएको बताइएको छ।

+2 School
Counseling
Bachelors Portal