SEE Result 2082

गोकर्णेश्वर नगरपालिकाका विद्यालय १५ गते खुल्ने

गोकर्णेश्वर नगरपालिकाभित्रका सबै विद्यालयहरू १५ गते देखि खुल्ने भएका छन् । नगर शिक्षा समितिको आजको बैठकले सामाजिक एवं भौतिक दुरीको पालना तथा स्वास्थ्य र सुरक्षाका सबै मापदण्डहरूलाई पालना गरी पूर्ण सतर्कता र सजगता साथ खोल्ने निर्णय गरेको हो ।

११ गते भएको नगरपालिका भित्रका सामुदायिक एवं संस्थागत विद्यालयका शिक्षक, अभिभावक, राजनीतिक दलका पदाधिकारी, वडा अध्यक्ष लगायत सरोकारवालको बृहत छलफलमा सबै विद्यालय शिक्षालय भौतिक उपस्थितिमै सञ्चालन गर्न सुझाव आएको हुँदा शिक्षा समितिले विद्यालय भौतिक रुपमा सञ्चालन गर्ने निर्णय गरेको नगर शिक्षा समितिले आज एक सूचना जारी गरी जानकारी दिएको हो ।

नगरभित्रका सबै विद्यालयमंगलबारदेखि सञ्चालन गर्ने निर्णय भएकोले सोही अनुसारै विद्यालय सञ्चालन गर्ने गराउने उपयुक्त वातावरण मिलाउन समितिले सरोकारवालाई आग्रह् समेत गरेको छ ।

विद्यालयले स्वास्थ्य र सुरक्षाको भरपर्दो र विश्वसनीय वातावरण अनिवार्य रूपमा तय गरी सञ्चालन गर्नुपर्ने, सो अनुरूपको वातावरण तय भएको नपाइएमा नियमानुसार कारवाही गरिने सूचनामा उल्लेख गरिएको छ ।

+2 School
Counseling
Bachelors Portal