SEE Result 2082

कक्षा थप घट गर्न चाहने विद्यालयले पुस मसान्तभित्र आवेदन दिनुपर्ने

गोकर्णेश्वर नगरपालिकाभित्र सञ्चालित संस्थागत तथा सामुदायिक विद्यालयले कक्षा तथा तह थप गर्न चाहेमा पुस मसन्तभित्र शिक्षा, युवा तथा खेलकुद शाखामा आवेदन दिनु पर्ने भएको छ ।

शिक्षा शाखाले पुस मसान्तभित्र कक्षा थपघट गर्न चाहने विद्यालयले कृषि विकास बैंक, जोरपाटी शाखाको नगर शिक्षा शाखाको च. हि. नं. ०२१०८०११४६१५६१३१ खातामा तोकिएको रकम रू. एक हजार बुझाउनु पर्ने जानकारी दियो ।

आवेदक विद्यालयले नगर शिक्षा शाखाले तयार गरेको दरखास्त फारम भरी नगरपालिका भित्र सञ्चालन हुने खोल्ने, विद्यालयको अनुमति वा स्वीकृति, कक्षा थप, विद्यालयको नामाकरण, विद्यालय सार्ने, गाभ्ने, नाम परिवर्तन गर्ने, स्वामित्व परिवर्तन वा बन्द गर्ने सम्बन्धि बनेको कार्यविधि २०७४ को अनुसूची १ को ढाँचामा सम्बन्धित वडा कार्यालयको सिफारिससहितका आवश्यक कागजातहरू संलग्न गरी यहीँ पुस मसान्तभित्र शाखामा निवेदन दिनु पर्ने शिक्षा शाखाले जानकारी दियो ।

+2 School
Counseling
Bachelors Portal