SEE Result 2082

डीएम र एमसीएचमा सिट निर्धारण

नेपाल मेडिकल काउन्सिलले काठमाडौं विश्वविद्यालयबाट सम्बन्धनप्राप्त मेडिकल कलेजहरूमा सञ्चालन हुने डीएम र एमसीएच कार्यक्रमहरूको सिट निर्धारण गरेको छ ।

कान्तिपुर दैनिककाअनुसार निरीक्षण टोलीको प्रतिवेदन तथा शिक्षा समितिको सिफारिसका आधारमा सिट निर्धारण गरिएको काउन्सिलले जनाएको छ ।मणिपाल कलेज अफ मेडिकल साइन्सेज पोखरामा डीएम कार्डियोलोजीमा एक सिट, कलेज अफ मेडिकल साइन्सेज भरतपुरमा डीएम ग्यास्ट्रोइन्टेरोलोजी, डीएम नेफ्रोलोजी, एमसीएच युरोलोजी, एमसीएच सर्जिकल ग्यास्ट्रोइन्टेरोलोजीमा एक–एक सिट निर्धारण गरिएको काउन्सिलका रजिस्ट्रार डा।कृष्णप्रसाद अधिकारीले जानकारी दिए ।

काठमाडौं मेडिकल कलेज सिनामंगलमा एमसीएच, प्लास्टिक सर्जरी र नेपाल मेडिकल कलेज जोरपाटीमा डीएम नेफ्रोलोजीमा एक–एक सिट निर्धारण गरिएको छ ।यसैबीच काउन्सिलले चिकित्सा शिक्षा आयोगको पत्रअनुसार काठमाडौं विश्वविद्यालयबाट सम्बन्धनप्राप्त कलेजहरूमा सञ्चालन हुने डीएमरएमसीएच कार्यक्रमहरूको विषयमा प्रारम्भिक निरीक्षण प्रतिवेदन तथा शिक्षा समितिको सिफारिसका आधारमा उक्त विषय पढाइ हुनेरवा नहुने निर्णयसमेत गरेको छ ।

यसअन्तर्गत मणिपालमा डीएम नेफ्रोलोजी, नोबेल मेडिकल कलेज विराटनगरमा डीएम नेफ्रोलोजी र डीएम कार्डियोलोजी, काठमाडौं मेडिकल कलेजमा एमसीएच युरोलोजी र एमसीएच सर्जिकल ग्यास्ट्रोइन्टेरोलोजी तथा नेपाल मेडिकल कलेजमा एमसीएच युरोलोजी विषयको पढाइ सञ्चालन गर्न सकिने विषयमा काउन्सिल सकारात्मक रहेको जानकारी काठमाडौं विश्वविद्यालय र चिकित्सा शिक्षा आयोगमा पठाउने निर्णयसमेत काउन्सिलले गरेको छ ।

यस्तै काउन्सिलले लुम्बिनी मेडिकल कलेज पाल्पामा प्रस्तावित एमसीएच युरोलोजी तथा काठमाडौं मेडिकल कलेज सिनामंगल काठमाडौंमा प्रस्तावित एससीएच न्युरो सर्जरी विषयको कार्यक्रम सञ्चालन गर्न नमिल्ने व्यहोरा काठमाडौं विश्वविद्यालयलाई जानकारी गराउने निर्णयसमेत गरेको छ ।

+2 School
Counseling
Bachelors Portal