SEE Result 2082

केएमसीका पूर्व विद्यार्थीको दोस्रो भेला सम्पन्न

काठमाडौं मेडिकल कलेज (केएमस) बागबजारमा प्लस टु अध्ययन गरेका करिब बिस हजार बढी संगठित सदस्य भएको केएमसी पूर्व विद्यार्थी संघको दोस्रो बृहत भेला पुस सात गते औपचारिक र सांस्कृतिक कार्यक्रम सहित सम्पन्न भएको छ।

मुटुरोग विशेषज्ञ एवं लेखक डा ओम मूर्ति अनिलको प्रमुख आतिथ्यता र संघका अध्यक्ष डा अच्युत शाली घिमिरेको सभापतित्वमामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

उक्त भेलामा पूर्व विद्यार्थीहरुलाई सम्मान गरिएको थियो। आरती न्यौपाने, उपसचिव प्रशासन सेवा,रत्न केशरी महर्जन,शाखा अधिकृत न्याय सेवा,

रिया भट्टराई,शाखा अधिकृत न्याय सेवा,लक्ष्मण बराल,ईन्जिनियरिङ सेवा सातौं तह, ई नविन राज चौलागाई,ईन्जिनियरिङ सेवा सातौं तह,आयुष सेढाई,ईन्जिनियरिङ सेवा सातौं तह,डा रोजन अधिकारी, डा।आशिष कडारिया, डा. पुनम अधिकारी, डा। पुरुषोत्म अधिकारी, डा निर्मल घिमिरे, आशुका अर्याल लगायतलाई सम्मान गरेको छ । कपिल पोख्रेल, बिराज अर्याल र,उज्जवल गौतम लगायतलाई सम्मान गरेको थियो।

देशमा छरिएर रहेका पूर्व विद्यार्थीको उक्त भेलामा सम्मानित पूर्व विद्यार्थी वक्ताले  केएमसीले आफ्नो सफलतामा पुर्याएको योगदान र पूर्व स्मृतिहरुलाई ताजा बनाएर मन्तव्य राखेका थिए । उक्त कार्यक्रममा प्रमुख अतिथि डा अनिलले सम्बन्धसंग जोड्दै किन युवा देशमा नै बसेर कार्य गर्न उत्प्रेरित हुनुपर्छ भन्ने धारणा राखेका थिए ।

+2 School
Counseling
Bachelors Portal