SEE Result 2082

एसईई बार्षिक कार्यतालिकाभन्दा पछि सर्ने संकेत

शैक्षिक सत्र २०८० को माध्यमिक शिक्षा परीक्षा (एसईई) केही साता सर्ने सम्भावना बढेर गएको छ । जाजरकोट र पश्चिम रुकुममा गएको भूकम्पका कारण त्यहाँको पठनपाठनमा असर परेका कारण एसईई समेत प्रभावित हुने देखिएको हो।

राष्ट्रिय परीक्षा बोर्ड, कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले भूकम्प प्रभावित जिल्लाका कारण एसईईको परीक्षा तालिका तय गर्न नसकिएको बताए।

‘ती जिल्लामा राम्ररी पढाइ नभएको खबर आएको छ’ उनले भने, ‘त्यसैले एसईई केही हप्ता सर्न सक्ने सम्भावना छ । केही गरी अन्य जिल्ला र त्यहाँको परीक्षा सँगसँगै गर्न सक्ने अवस्था नदेखिए दुई चरणमा पनि हुन सक्छ ।

उनका अनुसार बोर्ड पदाधिकारीले आगामी साता जाजरकोट र पश्चिम रुकुमको भ्रमण गर्नेछन्। वस्तुस्थिति हेरेर मात्र देशभर

एकैसाथ गर्ने वा ती दुई जिल्लाको पछि नै गर्नेगरी दुई चरणमा गर्ने भन्ने निर्णय हुनेछ ।

ती दुई जिल्ला बाट पनि परीक्षा सारिदिन निवेदन परेको छ ।

बोर्डले यसअघि नै कार्ययोजना सार्वजनिक गर्दै आगामी चैतको पहिलो सातामा एसईई सञ्चालन गर्ने जनाएको थियो । गत वर्ष चैत ६ गतेबाट परीक्ष सञ्चालन भएको थियो।

 

+2 School
Counseling
Bachelors Portal