एसईई ग्रेड वृद्धि पूरक परीक्षा २०७४ को नतिजा प्रकाशित

राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी भक्तपुरले माध्यमिक शिक्षा परीक्षा (एसईई) ग्रेड वृद्धि पूरक परीक्षा २०७४ को नतिजा सार्वजनिक गरेको छ । 

यस वर्ष कक्षा १० को पूरक ग्रेडवृद्धि परीक्षामा (साधारण तथा प्राविधिक धार समेत) कूल १,५२,९१० जना परीक्षार्थी सम्मिलित भई तपसील बमोजिमको नतिजा विवरण प्रकाशन गरिएको छ ।


विद्यार्थीहरुले नतिजा http://soce.gov.np/results/ मार्फत एसइइ ग्रेड वृद्धि पूरक परीक्षा २०७४ को नतिजा हेर्न सक्नेछन्|

ग्रेड वृद्धि पूरक नतिजाको पुनर्योग सम्बन्धी सूचना

२०७४ सालको माध्यमिक शिक्षा परीक्षा कक्षा १० ग्रेड वृद्धि पूरक परीक्षाको नतिजा प्रकाशित भई प्राप्त भएको नतिजामा चित्त नबुझी पुनर्योग गराउन चाहने परीक्षार्थीहरुले मिति २०७५ असोज २९ गतेसम्म प्रति विषय रु.५००।- का दरले राजश्व तिरी सम्बन्धित शिक्षा विकास तथा समन्वय इकाइ वा शिक्षा विकास निर्देशनालय वा परीक्षा नियन्त्रण कार्यालयमा कार्यालय समयभित्र निवेदन दिन सक्ने व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ ।

Degrees offered in nepal
Counseling
Bachelors Portal