SEE Result 2082

एसईई पुरक परीक्षा साउन २६ र २७ गते सञ्चालन हुने (परीक्षा तालिकासहित)

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले २०७९ सालको माध्यमिक शिक्षा  (एसईई) पुरक (ग्रेडबृद्धि) परीक्षा को समय तालिका सार्वजनिक गरेको छ ।

बोर्डले साउन २६ र २७ गते पुरक परीक्षा सञ्चालन गर्ने गरी तालिका सार्वजनिक गरेको हो ।

२०७९ साल चैत्र १७ देखि सञ्चालन भएको कक्षा १० को वार्षिक परीक्षामा नियमित परीक्षार्थीको रुपमा सम्मिलित भएका विद्यार्थीको बढीमा दुई विषयका लागि पुरक परीक्षा सञ्चालन गर्न तालिका सार्वजनिक गरेको छ।

बढीमा दुई विषयमा मात्र पुरक-ग्रेडवृद्धि परीक्षामा सम्मिलित हुन पाउने व्यवस्था छ । परीक्षामा सहभागी हुने परीक्षार्थीहरुले आवेदन फाराम भरी प्रति विद्यार्थी रु ५०० राजश्व खाता नं १४२२३ मा जम्मा गरेको भौचर, प्रवेशपत्रको प्रतिलिपि र ग्रेडसिट (वेवसाइटबाट डाउनलोड गरेको) सहित सम्बन्धित विद्यालय मार्फत २०८० साउन २१ गते सम्म शिक्षा विकास तथा समन्वय इकाइमा बुझाउनु पर्ने छ ।

+2 School
Counseling
Bachelors Portal