SEE Result 2082

खुला क्षेत्रमा धुमपान गर्ने प्रवृति विरुद्ध सरोकारवाला समक्ष विद्यार्थीको ध्यानाकर्षण (फोटो फिचर)

विश्व निकेतन माध्यमिक विद्यालयका विद्यार्थीले खुला क्षेत्रमा धुमपान गर्ने प्रवृति विरुद्ध सरोकारवाला समक्ष आफ्नो ध्यानाकर्षण भएको जनाएका छन् ।

सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन ऐन २०६८ को दफा ९४० ले सार्वजनिक स्थानमा सुर्तीजन्य पदार्थ सेवन जस्ता कार्यहरूलाई प्रतिबन्ध लगाएको भए पनि सो को कार्यान्वयन नभएको भन्दै विश्व निकेतन कानुन क्लबका विद्यार्थीले सरोकारवालाको ध्यानाकर्षण गराएका हुन् ।

आफूले पाएको अधिकार उपभोग गर्दा सर्वसधारण प्रति उत्तरदायी हुनुपर्ने दायित्व कसैले बिर्सनुहुँदैन भन्दै संविधानको धारा (३०) को स्वच्छ वातावरणको हक, धारा (३५) को स्वास्थ्य सम्बन्धी हक समेतलाई यसले विरोधाभाष तुल्याएको भन्दै ध्यानाकर्षण भएको जनाएका हुन् ।

तस्वीर सौजन्यः प्रधानाध्यापक हेरम्बराज कँडेल

 

+2 School
Counseling
Bachelors Portal