SEE Result 2082

डोल्पास्थित क्रिष्टल माउन्टेन विद्यालयको रजत महोत्सव शुरु

काठमाडौँ, २५ भदौ (रासस) : डोल्पाको क्रिष्टल माउन्टेन विद्यालयको रजत महोत्सव आयोजना गरिएको छ । 

जिल्लाको डोल्पो बुद्ध गाउँपालिका–३ स्थित ताप्सीको उक्त विद्यालय सञ्चालन भएको २५ वर्ष पुगेको अवसरमा विभिन्न कार्यक्रमका साथ सो महोत्सव शुरु गरिएको हो । 

मङ्गलबारदेखि शुरु पाँच दिने सो महोत्सव उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले उद्घाटन गर्दै चीनसँग जोडिने यहाँको मोरिम नाका खुलाउनु पर्नेमा जोड दिनुभयो । स्थानीयवासीको माग पूरा गर्न सरकार तयार रहेको उहाँले बताउनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० कर्णाली प्रदेश इञ्चार्ज तथा पूर्वमन्त्री जनार्दन शर्माले यहाँको मोरिम नाका नखोल्दासम्म विकासले गति नलिने भएकाले यसतर्फ सरकारकोे ध्यानाकर्षण गराउनुभएको थियो । 

जडीबुटीको खानी रहेको डोल्पाको विकास भए सुन फलाउन सकिने हुँदा यसमा आफूले गर्नसक्ने सहयोगलाई निरन्तरता दिने उहाँले प्रतिबद्धता जनाउनुभयो ।

कणाली प्रदेशभाका उपसभामुख पुष्पा घर्ती, आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला, सामाजिक विकासमन्त्री दल रावल, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढा, प्रदेशसभा सदस्य पद्माकुमारी बोहरा, नेकपा डोल्पा जिल्ला इञ्चार्ज हंसबहादुर शाहीलगायतको महोत्सवमा सहभागिता थियो । 

विविध सांस्कृतिक कार्यक्रमका साथ स्थानीय जातजातिका मौलिक नृत्य प्रस्तुत गरिएको सो महोत्सवमा आज स्वास्थ्य शिविर आयोजना गरिएको छ । यही भदौ २८ गतेसम्म विभिन्न कार्यक्रमका साथ रजत महोत्सव मनाइने विद्यालयले जनाएको छ ।

फ्रान्सेली नागरिक मेरीको र विद्यालयका संस्थापक प्रधानाध्यापक केदारविनोद पाण्डेको प्रयासमा यहाँ उक्त विद्यालय स्थापना भएको थियो । कक्षा ८ सम्म पढाइ हुने विद्यालयमा १९० बालबालिका अध्ययनरत छन् । 

+2 School
Counseling
Bachelors Portal