SEE Result 2082

सिम्याट प्रवेश परीक्षाको आवेदन दिने मिति संशोधन

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय, डीनको कार्यालयले एमबीएस तथा एम्पीए भर्नाका लागि लिँदै आएको सिम्याट प्रवेश परीक्षाको आवेदन दिने मिति संशोधन गरेको छ ।

शैक्षिक सत्र २०७८–०७९ कार्यक्रमको प्रवेश परीक्षाको परीक्षा फाराम भर्ने म्याद थप गरेको हो । प्रवेश परीक्षाको अनलाई फाराम भर्ने समय माघ १७ गते सम्म थप गरेको हो ।

क्याम्पसरकलेजले परीक्षा नियन्त्रण महाशाखा, व्यवस्थापन संकाय, डीनको कार्यालयमा फाराम तथा शुल्कबुझाउने समय माघ १८ सम्म थप गरेको छ । प्रवेश परीक्षा भने माघ २१ गते बिहान ८।०० बजे देखि सञ्चालन गर्ने भएको छ । डिन कार्यालयले परीक्षा केन्द्र पछि तोक्ने सूचनामा उल्लेख गरेको छ ।

+2 School
Counseling
Bachelors Portal