SEE Result 2082

शिक्षकको तलब समयमा निकाशा नभएको हुँदा सिंहदरबारको फोहोर उठेनः प्रमुख शाह

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले आफ्ना कुरा संघीय सरकारले नसुनेको हुँदा सिंहदरबारको फोहोर नउठाएको प्रतिक्रिया दिएका छन् ।

प्रमुख शाहले बारम्बारका छलफलमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीसंग भएको छलफलको वेवास्ता गरेका कारण सिंहदरबारमा फोहोर थुप्रिएको बताएका हुन् ।

प्रमुख शाखले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै केही समय अगाडि लेखेका छन्, ‘शिक्षा मन्त्रालयः सरकारी विद्यालयको लागि डिजिटल टिभी, शिक्षक सरुवा तथा शिक्षकलाई समयमै तलब दिने सम्बन्धमा दुई मन्त्रीसँग विभिन्न चरणमा कुरा हुँदा पनि कुरा अगाडि नबढेको ।’

+2 School
Counseling
Bachelors Portal