SEE Result 2082

काठमाडौंका ११६ विद्यालयले नेपाली नामसहित शिक्षा विभागमा निवेदन दिए

काठमाडौं महानगरपालिका शिक्षा विभागले ३३५ ओटा विद्यालयलाई नाम परिवर्तनका लागि पत्राचार गरेकोमा हिजो साझसम्म ११६ ओटा विद्यालयले नाम परिवर्तनका लागि नेपाली नामसहित निवेदन दिएका छन् ।

नाम परिवर्तनका लागि आज पनि निवेदन आइरहेका छन् ।

अहिलेसम्मको विवरण अनुसार क्यानभास एकेडेमीले शुभतारा ज्ञान निकेत, एम्विसन एकेडेमीले आकांक्षा विद्यासदन‘, युनिग्लोबले – ‘यल स्कुल’, लिभरपुलले काठमाडौं माध्यमिक विद्यालय,  ‘क्याम्ब्रिज इन्टरनेसनलले ‘सयपत्री शिक्षालय, कोलम्बस इन्टरनेसनल स्कुलले ‘मेधाश्री विद्यालय, अस्फोडेल पब्लिक स्कुलले ‘मण्डला माध्यमिक विद्यालय’ प्याराडाइम पब्लिक स्कुलले ज्ञानशाला स्कुल नाम परिर्वतन गर्ने गरी निवेदन दिएको शिक्षा विभागले जानकारी दियो ।

 विभागका अनुसार २३ ओटा विद्यालयले अहिले कै नाम कायम गर्ने माग सहितको निवेदन निवेदन दिएका छन् । त्यसैगरी ९४ वटा स्कुलले पछि नाम परिवर्तन गर्ने निवेदन दर्ता गरेको शिक्षा विभाग प्रमुख गोविन्द प्रशाद शर्माले जानकारी दिए ।

शिक्षा विभागले नाम परिवर्तनका लागि प्रस्ताव गर्न दिएको समय २८ गते सकिँदैछ । म्याद सकिएपछि मात्र के गर्ने भन्ने विषयमा निर्णय हुने शिक्षा विभागले जानकारी दियो ।

महानगरभित्र कक्षा १२ सञ्चालन भएका करिब ७७१ विद्यालय दर्ता गरिएको छ । तर अहिले ५१२ ओटा विद्यालय मात्र सञ्चालनमा छन् । तीमध्ये ३३५ ओटा विद्यालयको नाम अङ्ग्रेजीमा राखिएका छ ।

नेपाली पन झल्कने नाम परिवर्तनका लागि सम्पर्क राख्न सात दिन र नाम प्रस्तावका लागि ३५ दिनको समय दिएर महानगरपालिकाले गत चैत २१ गते पहिलो पटक सूचना जारी गरेको थियो ।

विद्यालयले अटेर गरेपछि सात दिन पछि पुनः दोस्रो पटक सूचना जारी गरेको थियो । शिक्षा ऐन (२०२८) मा विद्यालयको नाम नेपाली झल्काउने हुनुपर्ने भनी स्पष्ट उल्लेख छ ।

त्यसैगरी शिक्षा नियमावली, २०५९ (संशोधन सहित) को नियम १५४ (१) तथा काठमाडौँ महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ७० मा नेपालीपन झल्कने गरी विद्यालयको नामाकरण गर्नुपर्ने व्यवस्था छ ।

+2 School
Counseling
Bachelors Portal