SEE Result 2082

सामाजिक संजालको सहि उपयोग गर्न सिकाउँदै “कोड फर चेन्ज”

विक्रम संवत् २०७३ सालमा स्थापना भएको एक सामाजिक संस्था 'युथ इन सोसल चेन्ज', स्थापना काल देखि नै समाजमा घटिरहेका विभिन्न किसिमका नकारात्मक घट्नाहरु प्रति चासो देखाउँदै त्यस्ता समस्याहरुको समाधानको उपायहरु खोजिरहेको छ र त्यसमा युवाको भूमिका के रहन्छ, आफुले के गर्न सकिन्छ भन्ने प्रश्नहरु आफैलाई सोध्दै त्यस्ता घटनाहरुको निराकरण गर्नका निमित्त लागि परिरहेको छ ।

यसै क्रममा समाजमा बढ्दो सामाजिक विकृति के को कारण ले बढ्दै छ त? भन्ने खोज अनुसन्धान पश्चात् यस्ता घटनाहरुमा सामाजिक संजाल को ठूलो भूमिका रहेको निष्कर्षमा यो संस्था पुगेको छ ।

'युथ इन सोसल चेन्ज' यस्ता घटनाहरुको खोज अनुसन्धान मात्रै गर्ने नभएर त्यसको समाधानको उपाए पनि खोजेर त्यसलाई कार्यन्वयनमा ल्याउने एक उत्कृष्ट सामाजिक संस्था हो त्यसैले पनि सामाजिक संजाल बाट भएका नकारात्मक घटनाहरु प्रति यस संस्थाले ठूलो चासो देखाउँदै समाधानको उपाए खोज्ने क्रममा संस्थाको प्रोजेक्टको रुपमा रहेको 'कोड फर चेन्ज' बाट सोसल मिडिया सेक्युरिटी  नामको सामाजिक अभियान चलाउने निर्णय गरेको छ ।

यो संस्था युवाहरुको संस्था भएको र अबको पालो युवा कै हो है भन्ने भनाई लाई आत्मसाथ गर्दै यो अभियान पनि युवाहरूले नै चलाउनुपर्ने संस्थाको भनाई छ र त्यसै अनुरुप आफ्ना स्वयंसेवकहरुलाई आवश्यक तालिम दिएको छ भने तालिम Laba IT Institute मा १ हप्ता सम्म संचालन गरिएको हो जुन तालिममा नेपाल प्रहरी समेत सहभागी भई तालिम उपलब्ध गराउनु भएको थियो ।

काठमाडौं, पोखरा, चितवन, बुटवल र दाङ गरि ५ वटा शहरहरु समेट्दै ४५ वटा +२ कलेजहरुमा संचालन गरेर १२००० भन्दा बढी विद्यार्थीहरुलाई सचेत गराउने यस अभियानको लक्ष रहेको र अभियान माघ २९ गते बुधवार देखि फाल्गुन ९ गते शुक्रवार सम्म संचालन हुने 'युथ इन सोसल चेन्ज' का प्रेसिडेन्ट तथा कोड फर चेन्ज का प्रोजेक्ट लिडर निराजन छेत्रीले बताउनुभयो ।

+2 School
Counseling
Bachelors Portal