SEE Result 2082

सफ्टेरिका कलेजका विद्यार्थी बेलायतमा

काठमाडौंको सफ्ट्वैरिका कलेज अफ आइटी एन्ड ईकमर्सका दस जना विद्यार्थी  १० पदने अवलोकन भ्रमणकालागि बेलायत पुगेका छन् ।

बेलायत स्थित कोभेन्ट्री विश्व विद्यायलको आइटी पाठ्यक्रम अध्यापन गराइरहेको  कलेजका विद्यार्थी बेलायत पुगेका हुन् ।

उक्त भ्रमणमा आवतजावतको टिकट, बसोबास लगायतका सम्पूर्ण खर्च कलेज नै गरेको कलेजका बिजनेस डाइरेक्टर अमृत थापाले जानकारी दिए ।

विद्यार्थीहरुले कोभेन्ट्री विश्वविद्यालयको भ्रमण गर्ने, विभिन्न विश्वविद्यालयका लेक्चर कक्षामा भाग लिने तथा कार्यशालाहरुमा सहभागी हुने कलेजका अध्यक्ष विज्ञान श्रेष्ठले जानकारी दिए ।

विद्यार्थीहरुले  अवलोकनका क्रममा लन्डन आई टावर ब्रिज, लन्डन म्यूजियम लगायत बेलायतका प्रमुख पर्यटकीय स्थलहरू अवलोकन गर्ने तालिका रहेको श्रेष्ठले बताए।

विभिन्न कार्यक्रमहरूमा कलेजको प्रतिनिधित्व गर्ने, जिज्ञासु र उत्कृष्ट प्रस्तुतीकरण क्षमता भएका र पारस्परिक कौशल भएका एवं प्रत्येक मोड्युलमा न्यूनतम ९० प्रतिशत उपस्थिति र पढाईमा लगनशील विद्यार्थी छनौट गरिएको कलेज प्रमुख प्रमोद पौडेलले जानकारी दिए।

‘आगामी दिनमा पनि हरेक वर्ष यस्ता भ्रमणको आयोजना गरिने छ’, थापा थप्छन्, ‘भ्रमणमा सहभागी विद्यार्थीहरूले इन्टरन्यासनल एडुकेसनका साथै इन्टरन्यासनल एक्स्पोजर पनि पाउनेछन् ।’

जुन १९ मा बेलायत निस्केको टोली जुन २९ मा नेपाल फर्कने छन् । यस भ्रमणमा कलेजका २६ र २७ ब्याचका विद्यार्थी  सहभागी भएका छन् ।  ब्याच २८, २९ र ३० का विद्यार्थी पनि भ्रमणमा जाने तयारीमा रहेका छन् । भ्रमणमा कलेजका तर्फबाट डाइरेक्टरहरु अमृत थापा र मनोज कुमार श्रेष्ठ, कलेज प्रमुख प्रमोद पौडेल र एकेडेमीक अपरेसन हेड अच्युत तिम्सिना सहभागी छन् ।

 

+2 School
Counseling
Bachelors Portal