विद्यार्थी लेखाजोखा प्राविधिक समिति गठन हुने

प्रत्येक स्थानीय तहमा विद्यार्थी लेखाजोखा प्राविधिक समिति गठन हुने भएको छ ।

मन्त्रालयले तयार गरेको कार्यक्रम कार्यन्वयन पुस्तिका २०७७–०७८ (स्थानीय र प्रदेश तहमा ससर्त अनुदान एवम् शिक्षा विकास तथा समन्वय इकाईबाट कार्यान्वयन हुने कार्यक्रमसँग सम्बन्धित) को ४.१.४ को (ज) अनुसारको कार्य गर्ने गरी सोही बँुदाको (छ) अनुसार समिति गठन हुने भएको हो ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्र समावेशी शिक्षा शाखाका अनुसार अहिले सम्म कुनै पनि स्थानीय तहले सो समिति गठन नगरेको हुँदा सबै शिक्षा विकास तथा समन्वय इकाइलाई दिर्नेशन दिइ सकेको शाखाका अधिकृत नारद प्रसाद धमलाले जानकारी दिए ।

कार्यक्रम कार्यान्वयन पुस्तिकामा भएको व्यवस्था अनुसार उक्त समिति गठनमा आवश्यक समन्वय र सहजीकरण गरी गठन भएको जानकारी यस केन्द्रमा पठाउन इकाललाई केन्द्रले निर्देशन दिइसकेको छ ।

Degrees offered in nepal
Counseling
Bachelors Portal