SEE Result 2082

विद्यार्थी तथा ज्येष्ठ नागरिकलाई सम्मान

मध्यपुरथिमि नगरपालिकामा मूल थलो भई उपत्यकाका विभिन्न क्षेत्रमा बसोबास गर्दै आएको नेवार समुदायको संस्था शान्ति खलःले चालीस विद्यार्थी तथा ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ ।

थिमिका बासिन्दाको हकहितका लागि विसं २०३६ मा स्थापना भएको खलःले विसं २०७५ को एसइई परीक्षा उत्र्तीण गरेका विद्यार्थी तथा ज्येष्ठ नागरिकलाई सम्मान गरेको हो । सम्मान हुनेमा ३० विद्यार्थी, आठ ज्येष्ठ नागरिक र दुई संरक्षक सदस्य रहनुभएको छ । खलःको सरक्षक सदस्य हुनलाई रु एक लाख एक खलःलाई बुझाउनुपर्ने हुन्छ ।

यस वर्ष सुन्दरमान श्रेष्ठ ‘बागमती भाइ’ र रमेशकाजी श्रेष्ठ संरक्षक सदस्य बन्नुभएको छ । यसअघि बालगोपालदास श्रेष्ठ, रमेशकुमार चाङ्गु भडेँल संरक्षक सदस्य बन्नुभएको थियो । विद्यार्थी र ज्येष्ठ नागरिकलाई प्रदेशसभा सदस्य डा राजेन्द्रमान श्रेष्ठले खादा, मेडल, प्रमाणपत्र र मायाको चिनो प्रदान गर्नुभयो ।

सांसद श्रेष्ठले नेवार समुदायको हक, हितका लागि शान्ति खलःले महत्वपूर्ण काम गरेको बताउनुभयो । “बेरोजगार व्यक्तिलाई आयमूलक तालीम प्रदान गर्न खलःले सहयोग पु¥याएको छ”, उहाँले भन्नुभयो ।

विसं २०३६ मा स्थापना भएको खलःमा हाल ४०० साधारण सदस्य, ४०० आजीवन सदस्य रहेको खलःका उपाध्यक्ष ईश्वरलाल श्रेष्ठले जानकारी दिनुभयो ।

+2 School
Counseling
Bachelors Portal