SEE Result 2082

करारमा कार्यरत प्राध्यापकलाई स्थायी गराउने निर्णयको विद्यार्थीद्वारा विरोध

त्रिभुवन विश्वविद्यालयले करारमा कार्यरत ४८० प्राध्यापकलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्ने निर्णय आत्मघाती भएको भन्दै विभिन्न विद्यार्थी सगठनले विरोध जनाएका छन् ।

गत मंगलबार कुलपति तथा प्रधानमन्त्री निवासमा बसेको त्रिवि सभा बैठकले १० वर्षदेखि करारमा कार्यरत जनशक्तिलाई विशेष आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्न सकिने निर्णय गरेसंगै विद्यार्थीले विरोध जनाएका छन् ।

नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले त्रिभुवन विश्वविद्यालयका उपकुलपति डाक्टर धर्मकान्त बास्कोटालगायत पदाधिकारीको कार्यकक्षमा आज ताबन्दी गरेको छ ।

त्रिविले आत्माघाति निर्णय गरेको भन्दै उपकुलपति बास्कोटासहित शिक्षाध्यक्ष र रजिष्टारको कार्यालयमा तालाबन्दी गरेका हुन् ।

अनेरास्ववियुका त्रिवि इन्चार्ज मदन विष्ट र कार्यबहाक संयोजक अम्मराज जोशीले विज्ञप्ति जारी गर्दै करारलाई स्थायी गर्ने निर्णय फिर्ता लिई उपप्रध्यापक पदका लागि खुला परीक्षा सञ्चालन गर्न माग गरेका छन् ।

त्रिविले १० वर्षदेखि करारमा रहेका प्राध्यापकलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गराउने निर्णय गरेको भन्दै सत्तारुढ दलका विद्यार्थी संगठनले पनि आपत्ति जनाएका छन् ।

त्रिवि नियमन सेवा आयोगको विधानलाई पाखा लगाउदै त्रिवि र राज्यलाई झण्डै १ अर्ब ५ करोड रुपियाँ भन्दा बढी व्ययभार पर्ने गरी निर्णय गरिएको भन्दै संयुक्त विद्यार्थी संगठनले त्रिविले सो निर्णय फिर्ता लिन विद्यार्थीले माग समेत गरेका छन् ।

'विना प्रतिस्पर्धा नै त्रिविको प्राध्यापक र कर्मचारी बन्न पाउनुपर्ने माग आफैमा अप्राकृतिक,अनैतिक,अशोभनीय र हास्यास्पद छ', विज्ञप्तिमा भनिएको छ, 'हामी सो निर्णय खारेज गरी आम शैक्षिक युवाले प्रतिस्पर्धा गर्ने पाउने गरी विज्ञापन खुलाउन माग गर्दछौं ।'

विज्ञप्तिमा नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी) का अध्यक्ष पञ्चा सिंह, नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियुका महासचिव आरती लामा, समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रुपनारायण श्रेष्ठ, अखिल ९छैटौं० का अध्यक्ष देवेन्द्र कुँवरलगायतले हस्ताक्षर गरेका छन् ।

+2 School
Counseling
Bachelors Portal