SEE Result 2082

बंगलादेशबाट फर्किएका विद्यार्थीले तोकिएका कलेजमा नै इन्टर्नसिप पूरा गर्नुपर्ने (सूचना सहित)

बंगलादेशका विभिन्न मेडिकल कलेजहरूमा अध्ययनरत विद्यार्थीहरूले सोही कलेजले तोकेका मेडिकल कलेजमा नै आफ्नो इन्टर्नसिप पूरा गर्नुपर्ने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयले आज एक सूचना जारी गदै एमबीबीएस, बीडीएस शैक्षिक कार्यक्रममा अध्ययनरत नेपाली विद्यार्थीहरूले तोकिएको कलेजमा नै इन्टर्नसिप पूरा गर्नुपर्ने जनाएको हो ।

‘बंगलादेशमा सुरक्षाको असहज अवस्थाका कारण स्वदेश फर्किएको र निजहरूले आफ्नो बाँकी रहेको अवधिको इन्टर्नसिप कार्यक्रम नेपालमा नै पूरा गराउन सकिने, नसकिने सम्बन्धमा परराष्ट्र मन्त्रालयसमक्ष लेखी पठाइएकोमा ढाकास्थित नेपाली राजदूतावास मार्फत बंगलादेश सरकारको सम्बन्धित निकायमा समन्वय हुँदा  व्यहोरा उल्लेख गरी परराष्ट्र मन्त्रालयको चनं  एसए वान १८४०, मिति २०८१र०५र१७ को पत्रबाट लेखी आएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ’  सूचनामा उल्लेख छ ।

 

+2 School
Counseling
Bachelors Portal