SEE Result 2082

सहजै नतिजा हेर्न नपाएपछि तनावमा विद्यार्थी, अभिभावक र विद्यालय

नेपाल टेलिकम जस्तो सबैभन्दा बढी इन्टरनेट क्षमता भएको संस्थाले समेत करिब ५ लाख विद्यार्थीको नतिजा हेर्न सक्ने क्षमताको विकास गर्न नसकेको हुँदा आफूलाई मर्का परेको परीक्षार्थीहरुको गुनोसो छ ।

राष्ट्रिय परीक्षा बोर्डले आज सार्वजनिक गरेको नतिजा तत्काल विद्यार्थीसम्म पुग्न नसक्दा विद्यालय, लाखौं विद्यार्थी तथा अभिभावक मर्कामा परेका छन् ।

एकाबिहानै सार्वजनिक गरिएको नतिजा अहिलेसम्म विद्यालय, अभिभावक तथा विद्यार्थी सामु पुग्न सकेको छैन । बोर्डले नतिजाका लागि तोकेका आधिकारी बेवसाइट अहिलेसम्म नखुल्दा कसैले पनि अहिलेसम्म नतिजा हेर्न पाएका छैनन् ।

बोर्डले यसपटक नेपाल सरकारको स्वामित्वमा रहेको वेबसाइटमा मात्र नतिजा सार्वजनिक गर्दा आफूहरुले चाहेको समयमा नतिजा हेर्न नपाएर तनावको अवस्था सिर्जना भएको गुनासो परीक्षार्थी तथा अभिभावकको छ ।

नेपाल टेलिकम जस्तो सबैभन्दा बढी इन्टरनेट क्षमता भएको संस्थाले समेत करिब ५ लाख विद्यार्थीको नतिजा हेर्न सक्ने क्षमताको विकास गर्न नसकेको हुँदा आफूलाई मर्का परेको परीक्षार्थीहरुको गुनोसो छ । सरकारले लाखौं विद्यार्थीको तत्काल सूचना पाउने हकलाई कुण्ठित नगरी तत्काल नतिजा हेर्न पाउनु पर्ने परीक्षार्थी विपना दवाडीले बताइन् ।

एक घण्टाको अवधिमा पाँच हजार विद्यार्थीले आफ्नो सिम्बोल नम्बर सहित नतिजा हेरी दिन आग्रह गर्दै इडियुपत्रको आधिकारिक इमेल ठेगानामा मेल पठाएका  छन् ।

अधिकांश अनलाइन न्युज पोर्टलमा नतिजा प्रकाशन भएको केही समय नबित्दै नतिजा कसरी हेर्ने ? कनि नराखेको जस्तौ हजारौं इमेल आउने गरेका छन् । एक घण्टाको अवधिमा पाँच हजार विद्यार्थीले आफ्नो सिम्बोल नम्बर सहित नतिजा हेरी दिन आग्रह गर्दै इडियुपत्रको आधिकारिक इमेल ठेगानामा मेल पठाएका  छन् ।

‘हाम्रो आमाबुबाले दिएको नतिजा हेर्न गोरखपत्र गाउँपुग्ने समयसम्म कुर्नु पथ्र्यो रे ।’ उनले भनिन्, ‘बोर्डले अहिले पनि संकुचन गरेर नतिजा सार्वजनिक गर्दा आमा बुबाको समयको याद आयो ।’

यो वर्ष कुल चार लाख ३३ हजार २७१ परीक्षार्थी परीक्षामा सामेल थिए । आज सार्वजनिक भएको नतिजा बोर्ड तथा एनटीसीको बेवसाइट नखुलेर हेर्न नपाएको हुँदा विद्यार्थी तथा अभिभावकको प्रश्नको चाङले समस्या ग्रस्त भएको विद्यालयले गुनासो गरे । एकाबिहानै सार्वजनिक गरिएको परीक्षाको नतिजा अहिलेसम्म हेर्न नपाउँदा आफ्नो बुबा आमाको पालाको याद आएको परीक्षार्थी सविना तामाङले बताइन् । ‘हाम्रो आमाबुबाले दिएको नतिजा हेर्न गोरखपत्र गाउँपुग्ने समयसम्म कुर्नु पथ्र्यो रे ।’ उनले भनिन्, ‘बोर्डले अहिले पनि संकुचन गरेर नतिजा सार्वजनिक गर्दा आमा बुबाको समयको याद आयो ।’

बोर्ड गत मंसिरको ८ गते देखि १६ गते सम्म परीक्षा सञ्चालन गरेको थियो । समाचारमा एक जना विद्यार्थीको परीक्षा स्थगित भएको र ११ हजार ४९० जनाको परीक्षा स्थगित गरिएको भन्ने सुन्दा आफ्नो परीक्षा पो रद्द भएको हो कि भन्ने चिन्ताले बिहानैदेखि पानी पनि नखाएको अर्का परीक्षार्थी आयुस बुढाथोकीले बताए ।

बोडका अनुसार जीपीए सो परीक्षामा ८१. ४३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । जसमध्ये ३.६१ देखि ४.० ल्याउनेहरु छ हजार ९१६ जना रहेका छन् । त्यस्तै जीपीए ३.२१ देखि ३.६० सम्म ३८ हजार ४८० जनाले, जीपीए २.८१ देखि ३.२० सम्म ७६ हजार ८४१ जनाले, जीपीए २.४१ देखि २.८० सम्म एक लाख ९३ हजार १२ जनाले नतिजा प्राप्त गरेका छन् ।

यसैगरी जीपीए २.०१ देखि २.४० सम्म ५२ हजार ४२७ जनाले, जीपीए १.६१ देखि २.०० सम्म सात हजार १६४ जनाले, जीपीए १.२१ देखि १.६० सम्म ३३३ जनाले, जीपीए ०.८१ देखि १.२० सम्म चार जनाले र जीपीए शून्यदेखि ०.८० सम्म १८ हजार ८३९ जनाले नतिजा प्राप्त गरेका छन् ।

बोर्डले ४० अङ्कको मात्र लिखित परीक्षा सञ्चालन गरेको थियो । बाँकी कक्षा ११ को र आन्तरिक मूल्याङ्कनका आधारमा अङ्क गणना गरिनेछ । देशभरि चार हजार १०५ वटा परीक्षा केन्द्र कायम गरिएको थियो ।

+2 School
Counseling
Bachelors Portal